ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायाधीश नियुक्तिको प्रयासमा प्रधानन्यायाधीश


abc news

काठमाडौ २७ जेठ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिको प्रयासमा जुटेका छन्।

लामो समयदेखि साँझ वा बिहान पारेर न्याय परिषद्को बैठक राखिरहेका उनी आज भने मुद्दा नै नहेरी गृहकार्यमा जुटेका हुन्। उनीसँगै वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल पनि आज इजलासमा छैनन्। उनीहरू दुवै जनाले बिहान इजलासमा बस्नका लागि गोला पनि नतानी न्याय परिषद्को छलफलमा जुटेका हुन्।

न्याय परिषद् स्रोतका अनुसार, अहिले बैठक अनौपचारिक रूपमा बसिरहेको र कुरा मिलेपछि त्यसलाई औपचारिकता दिने तयारी छ।

सर्वोच्च अदालतमा हाल ४ न्यायाधीश पद रिक्त छन्। सर्वोच्च अदालतका न्यायाधीश न्याय परिषद्ले सिफारिस गर्ने र संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि मुख्य न्यायाधीशहरू शान्तिसिंह थापा, श्रीकान्त पौडेललगायतको नाम छलफलमा छ।

कानुन व्यवसायीहरूबाट २०९२ सालपछि प्रधानन्यायाधीश बन्ने गरी न्यायाधीश नियुक्त गर्ने प्रयासमा सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेस लागेका छन्। तर, निकै कनिष्ठ व्यक्तिलाई प्रधानन्यायाधीशले वरिष्ठ अधिवक्ताको उपाधि दिएर भावी प्रधानन्यायाधीशको रोलक्रममा राख्न खोजेको भन्दै न्यायपालिकाभित्रै असन्तुष्टि पनि बढेको छ।

कानुनमन्त्री अजयकुमार चौरसियाले पनि आफूनिकट व्यक्तिको नाम अघि सारेका छन्।

५२ संवैधानिक पदाधिकारी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले भोलि फैसला गर्ने भनी दिन नै तोकिसकेको छ। न्याय परिषद्का एक सदस्य रामप्रसाद भण्डारी पनि उक्त मुद्दामा विपक्षी छन्।

सर्वोच्चको फैसला उनको प्रतिकूल नआए पनि भण्डारीको कार्यकाल असार दोस्रो साता सकिँदै छ। त्यसपछि न्यायाधीश नियुक्ति प्रक्रिया थप लम्बिन सक्ने भएकाले पनि प्रधानन्यायाधीश राउत अहिले तातेका हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com