ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लस एन्जलसमा विशेष सैनिक तैनाथ, ट्रम्प प्रशासनको कदमप्रति विरोध


abc news
जेष्ठ २७, २०८२ मंगलबार  ११ : २५ बजे

काठमाठौ २७ जेठ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिविरुद्ध भएका प्रदर्शनहरूलाई नियन्त्रण गर्न लस एन्जलसमा विशेष तालिम प्राप्त सैनिक परिचालन गरिएको छ ।

एक मरिन बटालियन अर्थात् करिब ७०० विशेष तालिमप्राप्त सैनिकहरू परिचालन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

पेन्टागनले सोमबार सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ कि यी सैनिकहरूलाई संघीय कर्मचारी तथा सम्पत्तिको सुरक्षा गर्न सक्रिय गरिएको हो । ट्रम्पले यसअघि नै लस एन्जलसमा २००० नेशनल गार्ड पठाइसकेका छन्।

पेन्टागनका प्रवक्ता शोन पर्नेलले लस एन्जलसमा थप २,००० नेशनल गार्ड सैनिकहरू पनि परिचालित गरिने उनले बताए ।

यता, राज्य सरकारले भने संघीय कदमको कडा विरोध गरेको छ । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले नेशनल गार्डको तैनाथीविरुद्ध कानुनी चुनौती दर्ता गरिसकेका छन् ।

सैन्य निकायका अनुसार यी मरिन सैनिकहरूलाई मुख्य संघीय एजेन्सीको नेतृत्वमा क्षेत्रको निरन्तर निगरानी र सुरक्षाका लागि सहयोग गर्न खटाइएको हो ।

मरिन सैनिकहरू सामान्य सैनिकभन्दा फरक, विशेष तालिम प्राप्त हुन्छन्, जसले समुद्री, स्थल र आकस्मिक स्थितिमा तत्काल प्रतिक्रिया जनाउन सक्छन्।

ट्रम्प प्रशासनका एक अधिकारीले रोयटर्ससँग भनेका छन् कि यी मरिनहरू केवल नेशनल गार्ड र अन्य कानुन कार्यान्वयन निकायहरूको सहायक भूमिकामा मात्र रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com