काठमाठौ २७ जेठ । संघीय संसद् अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ।
राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो।
राज्य व्यवस्था समितिको बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।
त्यसैगरि विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
यो बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ।
विगत दुई सातादेखि अवरुद्ध हुँदै आएको प्रतिनिधि सभाको बैठक भने अब भोलि मात्रै बस्ने छ।








प्रतिक्रिया दिनुहोस्