ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डीभी परेर अमेरिका पुगेका युवक पनि भए डिपोर्ट


abc news

काठमाठौ २६ जेठ । अमेरिकाबाट डिपोर्ट भएर काठमाडौं आएका ३७ जनामध्ये एक जना डाइभर्सिटी भिसा ९डिभी० मा त्यहाँ गएका व्यक्ति रहेको खुलेको छ ।

अध्यागमन विभाग स्रोतका अनुसार, १० वर्षअघि डीभी परेर गएका ती व्यक्ति अमेरिकाको टेक्सास राज्यमा बस्दै आएका थिए । एक जना आफन्तसँग बसिरहेका उनी त्यहाँ पारिवारिक विवादमा परेका थिए । त्यसक्रममा उनलाई प्रहरीले पक्राउ गरेर लगेको थियो ।

केही समयको अनुसन्धान अनि कानुनी प्रक्रियापछि उनलाई अमेरिकी प्रशासनले डिपोर्ट गर्ने निर्णय गरेको थियो । त्यसपछि काठमाडौं स्थायी घर भएका उनलाई चार्टर्ड विमानमा काठमाडौं पठाइएको थियो ।

काठमाडौं आएपछि उनीसँग मानवबेचबिखन अनुसन्धान ब्यूरोका अधिकारीहरूले समेत संक्षिप्त सोधपुछ गरेका थिए । ‘तर डीभी परेर गएको भनेपछि हाम्रो धेरै सरोकारको केश भएन’, एक अधिकारीले भने, ‘सामान्य विवरण टिपेर पठाइदिएका थियौं ।’

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, अमेरिकाबाट डिपोर्ट भएर आइतबार ३७ जना काठमाडौं आएका थिए । तीमध्ये ५ जना महिला थिए । उनीहरूलाई एरिजोना राज्यबाट ओम्नी एयर इन्टरनेशनलको विमानमा फिर्ता पठाइएको थियो । उनीहरुलाई ढाका हुँदै काठमाडौं ल्याइएको थियो ।

‘राति प्रहरीले उहाँहरूसँग सामान्य सोधपुछ गरेर सबैलाई छाडेको छ’, रिजालले अनलाइनखबरसँग भने । प्रहरीले उनीहरूसँग अवैध बाटोबाट अमेरिका पठाउने मानिसहरूबारे जानकारी लिन खोजेको थियो । तर, उनीहरुले प्रहरीसँग त्यति समन्वय नगरेको अधिकारीहरु बताउँछन् ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, २१ फागुन २०८१ मा डिपोर्ट भएर आएका ८ नेपालीले समेत आफूहरुलाई अमेरिका पठाउने गिरोहबारे सूचना दिएका थिएनन् । उनीहरूले प्रहरीलाई जाहेरी दिन समेत मानेका थिएनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध कडा नीति लिँदै आएका छन् । उनीसन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ ।

अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या बढ्दो छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।

डिपोर्ट हुनेहरूमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै रहेको अधिकारीहरु बताउँछन् । अमेरिकाबाट नेपालीहरू डिपोर्ट हुने शृङ्खला विगतका वर्षहरूमा पनि थियो ।

अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com