काठमाठौ २६ जेठ । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणमा जुटेको छ।
साउन १५ गतेभित्र मौद्रिक नीति ल्याइसक्नुपर्ने कानुनी प्रावधानका बीच मौद्रिक तर्जुमामा जुटेको हो।
राष्ट्र बैंकले मौद्रिक नीति कस्तो चाहिने भन्ने विषयमा सरोकारवालासँग सुझाव समेत माग गरेको छ।
आइतबार सार्वजनिक सूचना जारी गर्दै केन्द्रीय बैंकले मौद्रिक नीति तर्जुमाका लागि राय÷सुझाव माग गरेको हो।
बैंकले सुझाव बैंकको आर्थिक अनुसन्धान विभागमा उपलब्ध गराउन भनेको छ। सम्बद्ध निकाय वा व्यक्तिले १० दिनभित्र सुझाव पेस गरिसक्नुपर्नेछ।








प्रतिक्रिया दिनुहोस्