काठमाडौं २६ जेठ, । भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच आज पनि सहमति नहुँदा संसद बैठक अवरुद्ध भएको छ । संक्षिप्त नाराबाजीका बीच संसद बैठक स्थगत गरिएको छ । यस अघि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सहमतिका लागि छानबिन समिति बनाउन ५ बुँदे प्रस्ताव पठाएको छ ।
संसदमा केही दिनदेखि देखिएको गति अवरोध फुकाउन उक्त प्रस्ताव रास्वपाले ५ बुँदे प्रस्ताव पठाएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दलहरू रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलहरूले पटक संसद अवरोध गर्दै आएका छन्।
आज पनि विपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ ।







प्रतिक्रिया दिनुहोस्