ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गा प्रसाईंलाई थुनाबाहिरै राख्न इजलासमा भीमार्जुनसहित ६ वकिलको माग


abc news

काठमाठौ २६ जेठ । वरिष्ठ अधिवक्ता डा। भीमार्जुन आचार्यसहित ६ जना कानुन व्यवसायीलाई दुर्गा प्रसाईँलाई थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका छन्। काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका जनकमाण्डर प्रसाईँलाई थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने डा। आचार्यसहितका कानुन व्यवसायी माग गरेका हुन्।

प्रसाईँको तर्फबाट बहस गरेका आचार्य, बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, टंक दुलाल लगायत ६ जनाले बहस गरेका छन्। तीनकुने घटनामा प्रसाईँको हिसात्मक गतिविधिमा प्रत्येक्ष संलग्नता नरहेको दाबी उनका वकिलले इजलासमा गरेका छन्।

प्रसाईंलाई राज्यविरुद्धको कसुरसहित कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठीत अपराध र एकीकृत कसुरमा पनि सजाय गर्न माग गर्दै अदालतमा मुद्दा दायर भएको छ।

एकसाथ ३९ जना प्रतिवादीलाई अदालतमा उपस्थित गराइएकाले बकपत्र गराउनै हप्तौँ लागेको थियो। बकवपत्र सकिएपछि गत बुधबारदेखि जिल्ला न्यायाधीश ध्रुबराज कार्कीको इजलासमा थुनछेक बहस भइरहेको छ। तीन दिन सरकारी वकिलको तर्फबाट बहस भएको थियो। सरकारी वकिलको तर्फबाट बहस सकिएपछि आइतबार देखि नै प्रसाईँका वकिलले बहस सुरु गरेका हुन्। प्रसाईंका तर्फबाट बहस सकिएपछि अन्य प्रतिवादीको तर्फबाट पनि बहस हुनेछ।

त्यसपछि सरकारी वकिलले जवाफी बहस गरेसँगै उनीहरुलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि थुनाबाहिर राखेर भन्ने आदेश आउने छ। यसअघि तीनकुने घटनापछि भएको भाटभटेनी लुटपाटमा संलग्न रहेको आरोपमा ११ जनाविरुद्ध छुट्टै मुद्दा दायर भएको थियो। उनीहरुलाई भने धरौटीमा रिहा गर्ने आदेश भएको थियो। अरु ४ जना नाबालकविरुद्ध बाल अदालत भक्तपुरमा मुद्दा दायर भएको छ।

तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि घरमा आगजनी गर्दा त्यहाँ जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो। यस्तै प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com