काठमाठौ २६ जेठ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ। सोमबार दिउँसो सबा १ बजे बस्ने बैठकमा जलस्रोत विधेयक, २०८१ माथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
त्यसैगरि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत छ।
आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज विधेयक, २०८१ माथि छलफल र पारित गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची पनि छ।









प्रतिक्रिया दिनुहोस्