ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आप्रवासीलाई कारबाही गर्न ट्रम्पले क्यालिफोर्नियामा गरे नेसनल गार्ड परिचालन


abc news

काठमाडौ २५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीमाथि कारबाही रोक्न क्यालिफोर्नियामा भइरहेको विरोध प्रदर्शनलाई नियन्त्रण गर्न दुई हजार नेसनल गार्ड परिचालन गर्ने निर्णय गरेका छन्।

संघीय र राज्य सरकार दुवैले परिचालन गर्न सक्ने नेसनल गार्ड रिजर्भ सेना जस्तै हो। उनीहरूले हरेक महिनाको एक सप्ताहन्त र वर्षमा दुई साता गरेर वर्षमा घटीमा ३९ दिन तालिम गर्छन्। अरू देशसँग युद्धका बेलामा वा देश भित्रै आपतकालिन अवस्थामा तिनलाई परिचालन गरिन्छ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसोमसँग सल्लाह नगरिकनै ट्रम्पले सो राज्यमा नेसनल गार्ड परिचालन गर्ने निर्णय शनिबार लिएका हुन्। आप्रवासी पक्रन ट्रम्प सरकारले कार्यस्थलहरूमा छापा मारे पछि डेमोक्र्याटिक पार्टीको सरकार रहेको क्यालिफोर्नियामा शुक्रबार र शनिबार सो कदमको विरोधमा जनप्रदर्शन भएको थियो।

जनताले सडकमा उत्रेर ट्रम्प सरकारको आप्रवासी विरोधी नीतिको पालनामा अवरोध गरेपछि उनले नेसनल गार्ड परिचालन गर्ने निर्णय लिएका हुन्।

डेमोक्र्याटिक पार्टीबाट निर्वाचित न्यूसोमले ट्रम्पको कदमको तुरून्तै निन्दा गरे।

‘यो कदम जानाजानी भड्काउनका लागि चालिएको हो र यसले तनावलाई थप बढाउनेछ,’ उनले भने।

अमेरिकामा विद्रोह वा गृह युद्ध भएमा १८ औं शताब्दीको विद्रोह ऐन भनिने युद्धकालीन कानून प्रयोग गरेर राष्ट्रपतिले देशभित्र सेना वा नेसनल गार्ड परिचालन गर्न सक्छन्। तर क्यालिफोर्नियामा नेसनल गार्ड परिचालन गर्न ट्रम्पले सो कानून प्रयोग गरेनन्।

त्यसको साटो निश्चित परिस्थितिहरूमा राष्ट्रपतिलाई नेशनल गार्ड परिचालन गर्न अधिकार दिने अर्को कानून प्रयोग गरेको भनेर अमेरिकी मिडियाले लेखेका छन्।

ल्अज
िल्अभिि
त्यो कानूनले पनि तीन परिस्थितिहरूमा मात्रै नेसनल गार्डलाई परिचालन गर्न संघीय सरकारलाई अधिकार दिन्छ।

पहिलो, जब कुनै देशले अमेरिकामाथि आक्रमण गर्छ वा आक्रमणको खतरा हुन्छ। दोस्रो, जब संघीय सरकारको अधिकारविरूद्ध विद्रोह हुन्छ वा विद्रोहको खतरा हुन्छ। तेस्रो, जब राष्ट्रपति नियमित सुरक्षा निकायको प्रयोग गरेर संघीय कानूनको कार्यान्वयन गर्न असमर्थ हुन्छन्।

तर सो कानूनले त्यसरी नेसनल गार्ड परिचालन गर्न राज्यको गभर्नर मार्फत आदेश जारी हुनु पर्ने उल्लेख गरेको छ। ट्रम्पले भने क्यालिफोर्नियाका गभर्नर न्यूसोमलाई जानकारी नै नदिई नेसनल गार्ड परिचालन गर्ने निर्णय लिएका हुन्।

ट्रम्पको पहिलो कार्यकालको अन्त्यतिर मे २०२० मा एक श्वेत प्रहरी अधिकारीले अश्वेत जर्ज फ्लोयडको घाँटीमा घुँडाले थिचेर मिनियापोलिसमा हत्या गरे पछि देशै भरि विरोध प्रदर्शन हुँदा पनि ट्रम्पले सेना नै परिचालन गर्ने कुरा गरेका थिए। तर उनले सेना वा नेसनल गार्ड कुनै पनि परिचालन गरेका थिएनन्। दोस्रो कार्यकालमा भने आप्रवासी नीति कार्यान्वयन् गर्नका लागि क्यालिफोर्नियामा नेसनल गार्ड परिचालन गर्ने निर्णय लिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com