ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

०८४ मा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनेगरी लागेका छौं – ओली


abc news
जेष्ठ २५, २०८२ आईतबार  ५ : ०४ बजे

काठमाडौ २५ जेठ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा आफ्नो पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्नेगरी अघि बढेको बताएका छन् ।

अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हाम्रो उद्देश्य मिसन ८४ कुनै अमुर्त कुरा होइन । मिसन ८४ भनेको नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्नु हो,’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय शक्ति छँदैछ । यसलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्नेगरी हामी अघि बढेका छौं ।’

उनले अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व सुम्पिने र तयसपछि आफूहरू मिसन ८४ मा लाग्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘अब १३ महिनापछि फेरि हामी नेपाली कांग्रेसलाई नेतृत्व सुम्पिन्छौं । र हामी सरकारमा सामेल रहन्छौं,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

उनले हिजो दुनियाँमै कम्युनिस्ट र समाजवादी आन्दोलन धरापमा परेको बेलामा पनि जनताको बहुदलीय जनवादले नै आन्दोलन रक्षा गरेको बताए ।

‘हिजो दुनियाँमा कम्युनिस्ट र समाजवादी आन्दोलन नै धरापमा परेको बेलामा जबजले आन्दोलनले रक्षा गरेको थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यतिबेला हामी सरकारमा हुने, सरकारको नेतृत्व गर्ने, सरकार सञ्चालन गर्ने, समग्र सामाजिक आन्दोलनको नेतृत्व गर्ने अभिभारा हामीसँग आएको थियो ।’

अहिले पनि विपक्षी दलले अनेक जालझेल गरिरहेको प्रधानमन्त्री ओलीले बताए । उनले एकता, फेरि एकता र सुदृढ एकता आफूहरूको आवश्यकता रहेको बताए ।

‘एकता, फेरि पनि एकता र अझै सुदृढ एकता । आज हामीलाई त्यही आवश्यकता छ । एकता, फेरि पनि एकता र अझै सुदृढ एकता हामीलाई आवश्यक छ,’ प्रधानमन्त्री ओलीले भने, ‘एकताबिनाको संगठनले केही पनि गर्न सक्दैन । तपाईंको संगठनमा १० लाख मान्छे भए पनि त्यहाँभित्र अनेक विविधता छ भने पनि आधाले एकतिर आधाले अर्कोतिर तान्यो भने पनि केही काम गर्दैन ।’

आफ्नो पार्टीले सही नीति लिएको उनको भनाइ थियो ।

‘हामीले सही नीतिहरू लिएका छौं । विल्कुलै सही नीति लिएका छौं । सही सिद्धान्तद्वारा निर्देशित छौं । हामी सही रणनीति र कार्यनीतिबाट निर्देशित छौं,’ ओलीले सम्बोधनको क्रममा भनेका छन्, ‘हामीले सही गन्तव्य तोकेका छौं । त्यस्ता विभिनन कस्ता कस्ता प्रभाव आउन सक्छन् भन्ने घुम्ती पनि देखेका छौं ।’

आफूहरूको अगाडि आएका चुनौतीबारे पनि जानकारी रहेको बताउँदै उनले सही र सफल कार्यान्वयन आजको आवश्यकता भएको बताए ।

‘हाम्रा सामु कस्ता चुनौती छन् भन्ने पनि हामीलाई थाहा छ । त्यसकारण आज सही नीति छँदैछन्, आवश्यकता छ नै, ती नीतिको समस्या हामीसँग छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘सही र सफल कार्यान्वयनको छ । हामी बहकिन हुँदैन । यस देशमा लोकतन्त्र साँच्चैको लोकतन्त्र हामीले ल्याएका हौं ।’

गणतन्त्रको रक्षा गर्ने, सुदृढ गर्ने र यसलाई गतिशील ढंगले सही बाटोमा अघि बढाउने जिम्मेवारी नेकपा एमालेको रहेको प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com