ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको ब्रिफिङ– भिजिट भिसा प्रकरणको छानबिन गर्न कांग्रेस लचक भएन


abc news
जेष्ठ २५, २०८२ आईतबार  ५ : ०१ बजे

काठमाडौ २५ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न कांग्रेस लचक नभएको बताएका छन् ।

नयाँ वानेश्वरस्थित संसद भवनमा बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले यस्तो ब्रिफिङ गरेका हुन् । प्रचण्ड शनिवार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका थिए । उक्त भेटमा प्रचण्डले आफू विपक्षी दलहरूको म्यान्डेड लिएर आएको बताएको प्रचण्डले सुनाए ।

जवाफमा कांग्रेस सभापति देउवाले संसद प्रभावित हुँदा बजेटमाथिको छलफल प्रभावित भएको र यसले कसैको भलो नगरेको बताएका छन् । प्रचण्डले भिजिट भिसा प्रकरणमा आफूहरूले छानबिन समिति माग गरेको र समितिको मोडालिटीको विषयमा लचक रहेको बताए ।

प्रचण्डले ब्रिफिङ गरे अनुसार संसदीय छानबिन समिति बनाउने, पूर्व न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति बनाउने लगायतका विकल्पमा जान तयार रहेको प्रस्ताव राखे ।

तर, देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको भनेर प्रचण्डको प्रस्ताव स्वीकार नगरेको प्रचण्डले सुनाएका छन् । विपक्षी दलको बैठकपछि पुनः कांग्रेस र माओवादी नेताहरू संवादमा जुटेका छन् ।

विपक्षी दलहरूको बैठक लम्बिएको र फेरि माओवादी र कांग्रेसका नेताहरू संवादमा रहेपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो सवा ३ बजेका लागि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com