काठमाडौ २५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलसँग इजिप्टका राजदूत नोहा हाम्दी अहेमद इल्गेबलीले शिष्टाचार भेट गरेकी छन्।
राष्ट्रपतिको कार्यालयका अनुसार आइतबार भएको सो भेटघाटका अवसरमा नेपाल र गणतन्त्र इजिप्टबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो।
साथै, राष्ट्रपति पौडेलले राजदूत इल्गेबलीलाई आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरे।








प्रतिक्रिया दिनुहोस्