ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहरी विकास मन्त्रालयमा मात्र ३२ अर्ब जति चलखेल छ – वर्षमान पुन


abc news
जेष्ठ २४, २०८२ शनिबार  ९ : ४६ बजे

काठमाडौ २४ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले दुई लाख रुपैयाँसम्मका योजना पनि संघ सरकारअन्तर्गत राखिएको बताएका छन् । शनिबार जेठ २४ काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सरकारले तीन करोड रुपैयाँभन्दा कम बजेटका आयोजना संघअन्तर्गत नराखिएको जिकिर गरिरहेको उनले उल्लेख गरे । तर, सहरी विकास मन्त्रालयको विनियोजित बजेटमा दुई लाखसम्मका आयोजना रहेको पाएको उनले दाबी गरे ।

सहरी विकास मन्त्रालयको विनियोजित बजेट एक खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ छ । यो कुल बजेटको ६।०३ प्रतिशत हो ।

मन्त्रालयको नयाँ बजेट चालु वर्ष २०८१र८२ को तुलनामा २७।७५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ९२ अर्ब ६३ करोड ५४ लाख बजेट विनियोजन गरिएको थियो । बजेट कहाँ र कसरी बढ्यो भन्नेमै मन्त्री स्वयं अचम्मित रहेका पुनले बताए ।

सहरी विकास मन्त्रालय एउटैमा मात्र ३२ अर्ब रुपैयाँ चलखेल भएको देखिने उनले उल्लेख गरे । उहनले योजना आफूखुसी राखेको स्पष्ट देखिएको बताए ।

कार्यक्रममा पुनको भनाइ
यसपटक हिजो सहरी विकास मन्त्रालयको विनियोजित बजेट आयो । गत वर्ष ९२ अर्ब थियो । यसपटक एक खर्ब १८ अर्ब पुगेको छ । २६ अर्ब त यसै पनि बढ्यो । तर, उसको सिलिङ झन्डै ७२ अर्ब मात्रै थियो ।

त्यहाँ मन्त्री नै आफैँ आश्चर्य कहाँ बढ्यो थाहै नपाउने । हिजो मन्त्रालयको विनियोजन आएको छ । मन्त्रालयको विनियोजनमा दुई लाखका योजनाहरू रहेछन् । अनि, किन यो तीन करोडको भनेर उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्रीलाई सोध्दा– होइन, २५ लाखभन्दा मुनिको त हालेको छैन भन्नुभयो । यी दुई लाखको छ भन्दा उहाँ बोल्न सक्नु भएन ।

१७ हजारबाट कटाएको छैन । ससर्तमा झन् अरूअरूतिर सारेको देखिन्छ । ससर्तको रकम गत वर्षको भन्दा बढेको छ । ससर्त त घटाउने हो खासमा । घटाउँदै गएर समानीकरणमा बढाइदिने हो ।

तीन करोडको योजना होइन, दुई लाखको योजना राखिएको आइसक्यो । यसपटक अलि मनपर्दी गरेको छ । एउटै सहरी विकास मन्त्रालयकै हेर्दा पनि त्यस्तै ३० देखि ३२ अर्ब चलखेल गरेको देखिन्छ । मसिना सबैखाले आफूखसी राखेको देखिन्छ । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

सम्बन्धित

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com