ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऋण गरेर घिउ पिउने काम कसैले गर्नुहुँदैन – प्रधानमन्त्री


abc news
जेष्ठ २४, २०८२ शनिबार  ६ : ३४ बजे

काठमाडौ २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधि काम गर्ने खालको हुनुपर्ने बताएका छन्।

मोरङ जिल्लाको कटहरी गाउँपालिकामा निर्माण भएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले जनप्रतिनिधिहरु सृजनशील हुनुपर्ने र काम गर्ने नेता हुनुपर्ने बताए।

दलका धेरै उम्मेदवारहरूको बीचमा स्वतन्त्र निर्वाचित भएका योगेन्द्र मण्डलको प्रशंसा गरे। ‘तपाईहरुले ठिक उम्मेदवार जिताउनुभयोरु’, ओलीले भने, ‘जनप्रतिनिधिहरू सृजनशील हुनुपर्छ, त्यो काम योगेन्द्र मण्डल जीले गर्नुभएको छ।’

मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले धेरै क्षेत्रमा सृजनशील भएर काम गरेकोप्रति प्रशंसा गरेका ओलीले भने, ‘जनप्रतिनिधि यस्तै सृजनशील हुनुपर्दछ, कामको नेता हुनुपर्दछ कुराको नेता होइन।’

जीवन विकास सामुदायिक अस्पतालले अनुहार हेरेर, पैसा हेरेर, हैसियत हेरेर, नभई बिमारी हेरेर, बिमारको रोगको औचित्य हेरेर रोगको लागि गर्नुपर्ने उपचारको आवश्यकतामा उपचार गर्ने कुरालाई उच्च प्राथमिकतामा राखेर अस्पताल अगाडि बढाउने योजनाको उनले प्रशंसा गरे। यो असाध्यै महत्वपूर्ण भएको समेत प्रधानमन्त्री ओलीको भनाइ छ।

देशको विकास गर्ने भनेको आफ्ना प्रयासहरु केन्द्रित गरेर, राष्ट्रिय प्रयासहरू केन्द्रित गरेर र सामुदायिक पहलहरुबाट हुने समेत बताएका छन्। प्रधानमन्त्री ओलीले प्रतिफल राम्रो नहुने र तिर्न नसकिने ऋण लिन नहुने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘ऋण गरेर घिउ पिउने, त्यस्तो खालको काम गर्ने होइन। ऋण लिएर उत्पादन वृद्धिका काममा लगाउने त्यसको प्रतिफलबाट ऋण तिर्ने र आफू सम्पन्न तिर जाने बाटो हामीले लिनुपर्दछ।’

उपयुक्त ढंगको नेतृत्व हुने हो भने कृषि, खानेपानी बिजुली, स्वास्थ्य शिक्षामा धेरै काम सरकारको प्रयास बिना पनि व्यक्तिगत र सामुदायिक रुपमा गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

सम्बन्धित

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com