काठमाठौ २४ जेठ । एकीकृत समाजवादी सर्लाहीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गर्नुलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिशोधको उपज भएको आरोप लगाएको छ।
अध्यक्ष नेपालमाथि पतञ्जलि योगपीठको जग्गा खरिद प्रकरणमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि बसेको पार्टीको जिल्ला कमिटीको आकस्मिक बैठकले यस्तो निष्कर्ष निकालेको हो।
प्रधानमन्त्री ओली नेपालमाथि प्रतिशोध साँध्ने हिसावले विगतदेखि नै लाग्दै आएको ठहर गर्दै एकीकृत समाजवादीले पार्टी केन्द्रले यसको कानूनी प्रतिवाद गर्ने विश्वास व्यक्त गरेको छ।
बैठकपछि सर्लाही जिल्ला इन्चार्ज लक्ष्मण पौडेल र अध्यक्ष सुरेन्द्र लामाले जारी गरेको विज्ञप्तिमा यसअघि कुनै पनि मन्त्रीपरिषद् बैठकले गरेको नीतिगत निर्णयमा आजसम्म कुनै पनि प्रधानमन्त्रीलाई मुद्दा नचलाइएको भन्दै यसको विरोध गरेको हो।
विज्ञप्तीमा वर्तमान सरकारबाट उठाइएका षडयन्त्रपूर्ण तमाम प्रश्नको पार्टी जिल्ला कमिटीलेसमेत डटेर सामाना गर्ने उल्लेख छ।









प्रतिक्रिया दिनुहोस्