काठमाडौ २३ जेठ । नवलपरासीमा एक युवकले गरे आफ्नै बुवा र छिमेकीको हत्या
पश्चिम नवलपरासीको सुनवलमा एक युवकले आफ्नै बुवा र छिमकीको हत्या गरेका छन्।
सुनवल नगरपालिका–२ को औरहीया निवासी ३५ वर्षीय हेमराज थारूले ५० वर्षीय बावु जयराम थारू र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेका प्रहरीले जनाएको छ।
शुक्रबार बिहान उनले कोदालो प्रहार गरी बुवा र छिमेकीको हत्या गरेका जिल्ला प्रहरीका कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए।
खेमराजले दुवैको टाउको र घाँटीमा कोदालो प्रहार गरी हत्या गरेका हुन्।
इलाका प्रहरी कार्यालय सुनवल र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर आरोपित पक्राउ गरिसकेको पन्तले बताए।
खेमराजले किन हत्या गरे भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। रासस








प्रतिक्रिया दिनुहोस्