ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धनका कारण स्थानीय तहमा महिला प्रतिनिधित्व घट्यो- पूर्वराष्ट्रपति भण्डारी


abc news
जेष्ठ २३, २०८२ शुक्रबार  २ : २६ बजे

काठमाडौ २३ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनका क्रममा राजनीतिक दलहरूबीच हुने गठबन्धनले महिलाहरूको संवैधानिक अधिकार कटौती गरेको बताएकी छिन्। शुक्रबारदेखि विराटनगरमा सुरु भएको उपाध्यक्ष(उपप्रमुखहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले निर्वाचनमा गठबन्धन गरेर कानुन मिच्ने काम नगर्न आग्रह गरेकी हुन्।

आगामी निर्वाचनमा राजनीतिक दलहरूले यस विषयमा विशेष ध्यान पुर्‍याउन जरुरी छ,ु उनले भनिन्, ु नेपालको संविधानले संघीय शासन प्रणालीमार्फत स्थानीय तहअन्तर्गत स्थानीय सरकारलाई अधिकार सम्पन्न तथा जनताप्रति उत्तरदायी बनाएको छ। संविधानले कम्तिमा प्रमुख उपप्रमुखमध्ये एकजना महिला निर्वाचित हुनुपर्ने व्यवस्था गरेको छ।ु

संघीय लोकतान्त्रिक गणतन्त्रले नै नेतृत्वदायी भूमिकामा महिलाको सहभागिता बढाएको उनको भनाइ छ।

ुयस व्यवस्थाले नेतृत्वदायी भूमिकामा महिलाको सहभागिता बढाएर विकास निर्माणका सारथीको रूपमा उपाध्यक्ष उपप्रमुखहरूलाई अघि सारिएको छु उनले थपिन्।

राज्यका विभिन्न अङ्ग तथा निकायहरूमा महिलाको सहभागिता बढ्दै गए पनि यो औपचारिकतामा मात्र हुन नहुने बताउँदै उनीहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा उनको जोड छ।

उनले भूमिकालाई प्रभावकारी बनाउन महिला जनप्रतिनिधिहरूको कार्यक्षमता, सामर्थ्य र नेतृत्व क्षमता निरन्तर अभिवृद्धि गर्दै लैजानुपर्ने बताइन्।

राजनीतिक दलका नेता तथा कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिहरूको ध्यान जनसेवा र सामाजिक आर्थिक विकासमा केन्द्रित हुनु पर्ने पूर्व राष्ट्रपति भण्डारीको भनाइ छ। विकासप्रतिको जनआकांक्षालाई साकार पार्न स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गर्न भण्डारीले आग्रह गरिन्।

जलवायु परिवर्तन र बालबालिकाको शिक्षा विषयमा समेत उनले आफ्नो चासो रहेको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com