ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तारागाउँको अनियमिततामा मुछिएका सर्राफ परिवारलाई पतञ्जलिमा भ्रष्टाचार मुद्दा


abc news

काठमाडौ २३ जेठ । पतञ्जलि जग्गा प्रकरणमा ९३ जनामाथि मुद्दा चलाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बौद्धस्थित तारागाउँ रिजेन्सी होटल ९ह्यात होटल०का संस्थापक राधेश्याम सर्राफ समेत भ्रष्टाचारमा संलग्न रहेको निष्कर्ष निकालेको छ ।

अख्तियारले राधेश्याम दिवंगत भइसकेकाले उनका छोरा अरुण कुमार सर्राफविरुद्ध मुद्दा दायर गरेको हो । उनका छोरा अरुणमाथि कैद र जरिवानाको मागदावी छैन । तर बाबुले भ्रष्टाचार गरेको भनी त्यसको विगो९नोक्सान भएको रकम० छोराबाट भराउनुपर्ने माग छ ।

अपराधीसँगै अपराध मर्दछ भन्ने फौजदारी न्यायप्रणालीको सिद्धान्त हो । त्यसै अनुसार सामान्यतया दिवंगत भएको मानिसमाथि मुद्दा चल्दैन । तर दिवंगत भएको व्यक्तिले सार्वजनिक सम्पत्ति नोक्सान गरेको र त्यसको लाभ उसका उत्तराधीकारीहरुले लिएको देखेमा अख्तियारले मुद्दा चलाउने गरेको छ ।

यो विवादमा जोडिएको कम्पनी ‘चौतारामा प्रा।ली।’ हो, जसले राधेश्याम सर्राफसँगको मिलेमतो र योजनामा कम्पनीको नाममा हदबन्दीभन्दा बढी जगा राखेको अख्तियारको आरोप छ ।

काभ्रेको श्रीखण्डपुरमा ८३ रोपनी जग्गा दर्ता गरी चौतारामा प्रा।ली।ले भोगचलन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

हदबन्दीभन्दा बढीको जग्गा कम्पनीको नाममा पारित गराई गलत कागजात तयार पारेको भन्दै अख्तियारले त्यसमा कम्पनीका संस्थापक सदस्यहरु विश्वरत्न शाक्य र शेखर कुमार राणा अनि मिलेर गैरकानूनी लिखत तयार गर्ने काममा राधेश्याम सर्राफ पनि संलग्न रहेको आरोप लगाएको हो ।

सरकारीकरण हुनुपर्ने जग्गा सर्राफले कम्पनीमा हस्तान्तरण गरेको, निजी प्रयोजनमा ल्याएको राधेश्यामलाई पनि घटनामा संलग्न रहेको आरोप लाएको हो ।

५१ लाख रुपैयाँ भ्रष्टाचार गरेको निष्कर्ष सहित अख्तियारले उनलाई कसुरदार ठहर्‍याउनुपर्ने निष्कर्ष निकालेको हो । तर ८ चैत, २०७८ मा उनको मृत्यु भएको खुलेको भन्दै अख्तियारले उनका छोरा अरुण कुमार सर्राफलाई विगो भराउने प्रयोजनका लागि मुद्दामा प्रतिवादी बनाएको हो ।

तारागाउँ विकास समिति अन्तर्गतको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका सञ्चालक राधेश्याम तारागाउँको जगा लिज प्रकरणको विवादमा पनि मुछिएका छन् । उनको निधनपछि उनका छोराले होटल व्यवस्थापनको काम हेर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com