ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मस्कका कम्पनीहरूसँगको सरकारी सम्झौता कटौती गर्ने ट्रम्प प्रसाशनको चेतावनी


abc news
जेष्ठ २३, २०८२ शुक्रबार  ९ : ४८ बजे

काठमाडौ २३ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलोन मस्कबीचको तनाव उत्कर्षमा पुगेको छ । योसँगै विश्वको सबैभन्दा शक्तिशाली नेता र धनाढ्य व्यक्तिबीचको यसअघिको मित्रता समाप्त भएको बीबीसीले जनाएको छ ।

मस्कले राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्नुभएको खर्च तथा बिलसम्बन्धी कानूनविरुद्ध सक्रिय रूपमा एक हप्ताभन्दा बढी समयदेखि पैरवी गरिरहनुभएको छ । योबीचमा हिजो ट्रम्पले जर्मन चान्सलरसँगको भेटमा मस्कसँगको आफ्नो निराशा बारे स्पष्ट पार्नुभएको खबरमा उल्लेख छ ।

ट्रम्प र मस्कबीचको टकरावका कारण ट्रम्प प्रसाशनले मस्कका कम्पनीहरूसँगको सरकारी सम्झौताहरू कटौती गर्ने चेतावनी पनि दिइइरहेको छ । यही तनावकाबीच मस्कको कम्पनी टेस्लाको स्टक मूल्य १४ प्रतिशतले घटेको छ ।

गएको हप्ता मस्कले आधिकारिक रूपमा आफ्नो सरकारी पद छोडेपछि उहाँहरुबीच विवाद शुरु भएको हो । उहाँ ट्रम्प प्रशासनको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिशिएन्सी डीओजीआई अर्थात खर्च कटौती विभागमा झन्डै साढे ४ महिना काम गरेपछि अघिल्लो हप्ता बाहिरिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ओली पक्राउ: कानुनी प्रक्रिया र विरोधबीच बढ्दो तनाव, एमालेको सडक प्रदर्शन शुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com