ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपाललाई शम्भु थापाको सुझाव: अरु विकल्प छैन, अदालत गएर बयान दिनुस्


abc news
जेष्ठ २२, २०८२ बिहीबार  ९ : ४१ बजे

काठमाडौ २२ जेठ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध दायर भएको मुद्दाको विषयमा कानुन व्यवसायीसँग परामर्श लिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेलगत्तै रौतहटबाट काठमाडौँ फर्किएका नेपालले वरिष्ठ अधिवक्ता शम्भु थापा र गोविन्द बन्दीसँग परामर्श गरेका हुन्।

नेपालले उनीहरूसँग आफूविरुद्धको मुद्दामा अब के हुन्छ भनेर जिज्ञासा राखेका थिए। जवाफमा वरिष्ठ अधिवक्ता थापाले भने, अब अरु विकल्प छैन। मुद्दा अदालत पुगिसक्यो। अभियोग पत्र लिएर अध्ययन गर्नुस् र बयानका लागि अदालत जानुस्।

छलफलमा पार्टीका केही शीर्ष नेताहरू पनि सहभागी थिए।

कानुनव्यवसायीसँग छलफललगत्तै अहिले नेकपा एकीकृत समाजवादी पार्टीको आकस्मिक बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा गरिरहेका छन्।

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको र त्यसमा पूर्वप्रधानमन्त्री नेपालले सहयोग गरेको पाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीविरुद्ध १८ करोड ५८ लाख ५० हजार मागदाबीसहित मुद्दा दायर भएको छ। अख्तियारले नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

सम्बन्धित

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ओली पक्राउ: कानुनी प्रक्रिया र विरोधबीच बढ्दो तनाव, एमालेको सडक प्रदर्शन शुरु

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com