ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धवल शमशेर र रवीन्द्र मिश्र सम्पर्कविहीन, जमानी बस्ने ३ वकिललाई २५ हजारका दरले जरिवाना


abc news
जेष्ठ २२, २०८२ बिहीबार  ४ : २८ बजे

काठमाडौ २२ जेठ । तीनकुने घटनाको अनुसन्धानका क्रममा हाजिर जमानीमा छाडिएका प्रतिवादीहरू धवल शमशेर राणा र रवीन्द्र मिश्र सम्पर्कविहीन भएपछि जमानी बस्ने व्यक्तिहरूलाई प्रहरीले जरिवाना तिराएको छ।

अधिवक्ता श्यामबहादुर शाही, बसन्त ब्लोन र उमेश सिंह विष्ट रिहा गर्दा जमानीमा बसेका थिए। उनीहरुलाई जनही २५ हजार रुपैयाँका दरले जरिवाना गरिएको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद एवम् पार्टीका महामन्त्री धवलशमशेर राणा अनुसन्धान नसकिँदै हाजिरी जमानीमा रिहा भएका थिए। प्रहरीले खोजेको बखत उपस्थित हुने शर्तमा रिहा भएपनि प्रहरीले बोलाउँदा र पत्राचार गर्दा पनि उपस्थित नभएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुको जिम्मा जमानीमा बस्ने व्यक्तिलाई नै जरिवाना गरेको हो।

उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौँमा राजद्रोह, आपराधिक उपद्रव र सङ्गठित अपराध समेतको कसूरमा अनुसन्धानको क्रममा हिरासतमा राखेर अनुसन्धान भइरहँदा धवलशेमशेरलाई उपचारका लागि भारत जानु पर्ने भएका कारण रिहा गरिएको थियो।

मिश्र भने पछि सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए।

राणालाई औषधि उपचार गर्ने प्रयोजनका लागि जिल्ला सरकारी वकिल कार्यालयबाट सहमति लिएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को उपदफा ९२० बमोजिमको कागज गराइ उमेश सिंह विष्टको साथमा २०८२ जेठ १ गते जिम्मा लगाएर पठाइएको थियो।

अर्का प्रतिवादी रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा भएको आदेशानुसार खोजी भएका बखत उपस्थित गराउने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को उपदफा ९२० बमोजिमको कागज गराई उनका कानुन व्यवसायी अधिवक्ता श्यामबहादुर शाही र अधिवक्ता बसन्त ब्लोनको जिम्मामा २०८२ जेठ २ गते हिरा गरेको थियो।

धवल शमशेर राणा र रवीन्द्र मिश्रको हकमा मुद्दा चल्ने निर्णय भई काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भइसकेपछि उपस्थित गराउन भन्दै जमानीमा बस्ने व्यक्तिहरूलाई प्रहरीले पटक पटक फोन तथा पत्र मार्फत जानकारी गराउँदा पनि उपस्थित नगराएको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।

मुद्दाको गाम्भीर्यतालाई समेत नजरअन्दाज गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ ९३० बमोजिमको कानुनी दायित्व पुरा नगरेको भन्दै जमानीको निर्णय भएको हो।

मुलुकी फौजदारी कार्यविधि संहितामा भएको व्यवस्था आनुसार सोही मुद्दाका अनुसन्धान अधिकृतले निर्णय पर्चा खडा गरी जरिबाना गरेका हुन्।

राजावादी आन्दोलनमा चैत १५ गते दुई जनाको ज्यान गएको थियो। उक्त प्रदर्शनमा उनीहरु दुवैजना सहभागी थिए। चैत १५ गते बेलुका नै उनीहरु पक्राउ परेका थिए।
यो घटनामा ४ नाबालकसहित ६५ जनाविरुद्ध मुद्दा दायर भएको छ।

त्यसमध्ये आपराधिक उपद्रवका ११ मध्ये १० प्रतिवादी धरौटीमा रिहा भएका छन्। थुनामा रहेका ३९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँका न्यायाधीश ध्रुबकुमार कार्कीको इजलासमा थुनछेक बहस भइरहेको छ।

तर मुद्दासाथ उपस्थित गराउने शर्तमा रिहा भएका राणा र मिश्र भने अनुपस्थित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com