ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यका बन्दमा राप्रपा सहभागी हुँदैनः अध्यक्ष लिङ्देन


एबीसी न्यूज
जेष्ठ १९, २०८२ सोमबार  ५ : २४ बजे

काठमाडौं १९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार राजावादी नवराज सुवेदीले गर्ने भनिएको उपत्यका बन्द कार्यक्रममा आफ्नो पार्टी सहभागी नहुने बताएका छन्।

उनले आइतबार राति ११ बजेर ४९ मिनेटमा आफ्नो फेसबुकबाट बन्दमा सहभागी नहुन अपिल गरेका छन् ।

‘सामान्यतया राप्रपा बन्द–हडताल जस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा छ। आज सरकार तर्फबाट पक्राउ परेका नेता कार्यकर्ताहरूको रिहाइको विशेष सन्दर्भमा उपत्यका बन्दको प्रसंग उठेको भए पनि पक्राउ परेका नेता कार्यकर्ताहरू रिहा भइसक्नुभएको हुँदा भोलि (सोमबार) हुने भनिएको उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने जानकारी गराउँछु। आन्दोलनका अन्य नियमित कार्यक्रममा सल्लाहबाट निर्णय भएपश्चात हाम्रो सक्रिय सहभागिता रहनेछ,’ अध्यक्ष लिङ्देनले लेखेका छन्।

https://www.facebook.com/share/p/14DoKBSsjH1

राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको ुसंयुक्त जनआन्दोलन समितिु का संयोजक नवराज सुवेदीले आइतबार विज्ञप्ति जारी गर्दै सोमबार काठमाडौं उपत्यका बन्द घोषणा गरेका थिए।

‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौं। यसै क्रममा जेठ १९ (सोमबार) गते हामीले उपत्यका बन्द घोषणा गरेका छौं। उपत्यका बन्दको क्रममा आ-आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरूलाई आह्वान गर्छु,’ विज्ञप्तिमा भनिएको छ।

राप्रपा अध्यक्ष लिङ्देनले भने फेसबुकबाट उपत्यका बन्द कार्यक्रममा आफ्नो पार्टीको सहभागिता नरहने बताएका हुन्।

उनले आइतबार प्रदर्शनमा भएको हस्तक्षेपको भत्सर्ना गर्दै प्रहरी दमनमा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

सँगसँगै, पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य दिपक सिंह लगायत आइतबार पक्राउ परेका सबै नेता कार्यकर्ता रिहा भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

दलहरुको घोषणा पत्रमा के चाहन्छ निजी क्षेत्र ?

सम्बन्धित

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

बालेनसँगै अछाम पुगेका पत्रकार सिटौला अचानक ढलेपछि …

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

दलहरुको घोषणा पत्रमा के चाहन्छ निजी क्षेत्र ?

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com