काठमाडौ १७ जेठ । आज कोशी प्रदेशका केही ठाउँ, मधेश प्रदेशलगायत देशको पहाडी भागका थोरै ठाउँहरुमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेशको एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएराति पनि कोशीका झापा, सुनसरीलगायतका जिल्लाका केही ठाउँमा ठूलो पानी परेको थियो । यसपालिको मनसुन दुई हप्ता छिटो अस्ति बिहीवार रातिदेखि कोशी प्रदेशबाट नेपाल भित्रिएको हो ।
कोशीका सबै ठाउँमा मनसुनी प्रभाव परिसकेको र अरु ठाउँमा पनि बिस्तारै सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ ।
आज पश्चिम क्षेत्र र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा अहिले पनि हल्का पानी परिरहेको छ ।







प्रतिक्रिया दिनुहोस्