ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अष्ट्रेलियामा दोस्रो पटक लेबर पार्टी विजय


ABC News

काठमाडौं २० बैशाख । अष्ट्रेलियाको प्रधानमन्त्री एन्थोनी अल्बनीजी नेतृत्वको केन्द्र–वामपन्थी लेबर पार्टीले संघीय निर्वाचनमा दक्षिणपन्थी विपक्षी गठबन्धनमाथि विजय हासिल गरेको छ ।

सिड्नीस्थित ग्र्याण्डलर निर्वाचन क्षेत्रमा मतदान गरिरहेकै बेला प्रधानमन्त्री अल्बनीज उनका सहयोगी जोडी हेयडनसँग देखिएका थिए। निर्वाचनको मतदान शनिबार साँझ ६ बजे (स्थानीय समय) सम्पन्न भएको थियो ।

एबीसी न्यूजका अनुसार लेबरले सरकार बनाउने सुनिश्चित भएको छ। स्काई न्यूज र सेवन न्यूजले पनि विपक्षी लिबरल–नेशनल गठबन्धन सरकार गठन गर्न असफल भएको प्रक्षेपण गरेका छन्।

मतदाताहरुबीच बढ्दो जीवनयापन खर्च र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अस्थिर नीतिप्रति चिन्ताका विषय प्रमुख मुद्दाहरू भएका थिए।

८८रक्षामन्त्री रिचार्ड मार्लेस८८ले सेवन न्यूजसँग कुरा गर्दै भने, “शुरुआती परिणाम उत्साहजनक छन्, र लेबर पार्टीको बहुमतसहितको सरकार पुनः बन्ने सम्भावना अझै बाँकी छ।”

यसैबीच, ८८ब्द्यऋ८८ ले विपक्षी नेता ८८पीटर डटन८८ले आफ्नो निर्वाचन क्षेत्र ८८डिक्सन८८ गुमाउने प्रक्षेपण गरेको छ। उनले सन् २०२२ मा उक्त क्षेत्र १।७ प्रतिशत मतान्तरले जितेका थिए। डटनको चुनावी अभियानमा ८८डोनाल्ड ट्रम्पसँगको वैचारिक नजिकपना८८ प्रमुख नकारात्मक पक्ष बनेको बताइएको छ।

सन् २०२५ को चुनाव घोषणा हुनुअघि केन्द्रीय बैंकले ब्याजदर कटौती गरेका कारण जनताको वित्तीय बोझ केही घटाएको बताइएको छ।

लिबरल पार्टीका प्रवक्ता जेम्स प्याटरसनले ट्रम्प प्रभावको असर क्यानडामा जस्तै अष्ट्रेलियामा पनि परेको स्वीकार्दै भने, “यो एक निर्णायक तत्व बनेको देखिन्छ, यसको सटीक प्रभाव केही घण्टामै स्पष्ट हुनेछ।”
अष्ट्रेलियाको संसद १५१ सदस्यीय छ । बहुमतमा लागि ७६ सीट आवश्क पर्दछ । चुनावको अन्तिम मत परिणाम आउन केही समय लाग्ने बताइएको छ ।

लेबर पार्टीको विजयसँगै अल्बनीजल सन् २००४ मा जोन हावर्डपछि पुनःनिर्वाचन जित्ने पहिलो अष्ट्रेलियाली प्रधानमन्त्री बनेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com