ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेशमलाई फैसला कार्यान्वयन गर्न समात्यौँ, डिल्लीबजार जेल पठाइयो–प्रहरी


एबीसी न्यूज
बैशाख १७, २०८२ बुधबार  १ : ५७ बजे

काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक रेशम चौधरी बुधबार पक्राउ परेका छन्। नाउपा र जनमत पार्टीबिच एकीकरण घोषणा गर्न प्रज्ञा भवन कमलादी पुगेका बेला सादा पोसाकमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ गरेर रेशमलाई डिल्लीबजार जेल पठाइएको काठमाडौं प्रहरीले जनाएको छ। ‘उहाँ विरुद्ध सर्वोच्च अदालतको फैसला र त्यसमा तोकिएको सजाय कार्यान्वयन गर्न पक्राउ गरिएको हो,’ काठमाडौं प्रहरीका एक अधिकारीले भने।२०७२ भदौ ७ गते थारुहट आन्दोलनका क्रममा प्रदर्शनकारीले ५ जना प्रहरी, २ जना सशस्त्र प्रहरी र एक बालक गरी ८ जनाको बीभत्स हत्या गरेका थिए। सोही घटनाका योजनाकार भन्दै तीनै तहका अदालतले रेशमलाई दोषी ठहर गदै जन्मकैदको सजाय सुनाएको थियो।

सोही घटनाको २०८० जेठ २ गते सर्वोच्च अदालतले संक्षिप्त आदेशमार्फत उनको जन्मकैद सदर गरेको थियो। तर, उक्त फैसलाको पूर्ण पाठ नआउँदै जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए।

पूर्णपाठ भने तीन महिनापछि साउन ३१ गत आयो। जसमा उक्त घटनालाई निर्मम, क्रूर, अमानवीय हत्या भनेर व्याख्या गरेको छ। यस्तै आममाफीमाथि पनि प्रश्न उठाएको थियो।

‘फौजदारी कानुनको उल्लङ्घनको विषयलाई राजनीतिक सहमति वा राजनीतिक स्वार्थ वा राजनीतिक प्रकृतिको अपराधको नाममा फौजदारी कानुन बमोजिमको प्रक्रिया अवलम्बन गरी मुद्दा चलाउनै नमिल्ने भन्नु वा त्यसरी चलाइएका मुद्दालाई राजनीतिक सौदाबाजीको रणनीति अन्तर्गत फिर्ता लिनु वा स्थापित मूल्यमान्यता र कानुनी व्यवस्था समेतको उल्लङ्घन र उपहास हुने गरी माफी मिनाहा दिने समेतको कार्य गर्नु, मुलुकको संविधान कानुन र न्यायको मान्य सिद्धान्त समेतको हाकाहाकी विपरीत हुने देखिन्छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ।

यस्तै पूर्ण पाठमै ‘रगतमा लत्पतिएका हातहरूले राजनीतिक संरक्षण प्राप्त गरेमा मुलुकको फौजदारी कानुनले निषेध गरेका आपराधिक कार्य गरेका व्यक्ति नै ठुल्ठुलो आवाजका साथ निष्फिक्री समाजमा विचरण गर्ने अनपेक्षित अवस्था उत्पन्न हुन जान्छ । अपराधको राजनीतिकरणले प्रचलित फौजदारी कानुनले निषेध गरेका जघन्य फौजदारी कसुरलाई समेत राजनीतिक रङ्ग दिएर राज्य शक्तिमा पहुँच पुर्‍याउन सक्ने कसुरदारलाई फौजदारी दायित्वबाट उन्मुक्ति प्रदान गर्ने कुचेष्टा गरेको छ’ भनिएको छ।

आममाफीपछि टीकापुर घटनामा मारिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले आममाफीविरुद्ध सर्वोच्चमै रिट पनि दिएकी थिइन्। त्यसमा कारण देखाऊ आदेश जारी भएपनि हालसम्म अन्तिम टुंगो भने लागिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

सम्बन्धित

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com