ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आवासीय चिकित्सकको अडान– खातामा पैसा नआउँदासम्म आन्दोलन फिर्ता हुँदैन


एबीसी न्यूज

काठमाडौं १६बैशाख । २७ दिनदेखि सडक आन्दोलनमा रहेका आवासीय चिकित्सकहरुले आठौँ तह बराबरको निर्वाह भत्ता दिने सुनिश्चितता नभए सम्म आन्दोलन फिर्ता नलिने अडान लिएका छन्।

चैत्र २१ गतेदेखि सेवा बहिष्कार गर्दै आएका आवासीय चिकित्सकले निर्वाह भत्ता आउने सुनिश्चिता र कलेजमा सम्मानपूर्वक फर्किने वातावरण भयो भने मात्र आन्दोलन फिर्ता लिने जनाएका हुन्।

सरकारी सरह निर्वाह भत्ता दिन नसक्ने अडान लिएका निजी मेडिकल कलेज सञ्चालहरुले सरकारले स्नातक तहमा सिट र शुल्क बढाउन सकिने जनाएपछि निर्वाह भत्ता बढाउन तयार भएका थिए। चिकित्सा शिक्षा आयोगको चैत्र १५ बसेको १९ औँ बैठकले एमबीबीएसको सिट संख्या र शुल्क बढाउन सकिने निर्णय गरेको छ।
निजी मेडिकल कलेजहरूको संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा। ज्ञानेन्द्र कार्कीले आयोगको बैठक सुरु हुन अगावै आफूहरू आवासीय चिकित्सकहरूलाई मासिक ४८ हजार रूपैयाँ निर्वाह भत्ता दिन तयार भएको बताएका थिए।

लुम्बिनी मेडिकल कलेजका आवासीय चिकित्सक डा। दीपक कडेँलले निर्वाह भत्ता दिन्छु भनेर मात्रै नहुने भन्दै खातामा पैसा आउनुपर्ने माग गरे।

‘कति दिनमा दिने भन्ने प्रतिवद्धता र कलेजमा सम्मानपूर्वक फर्किने वातावरण बन्नुपर्‍यो,’ उनले भने, ‘आयोगले माघ २५ गते नै गरेको निर्णय कार्यान्वयन नभएर आन्दोलन सुरु गरे हौँ। जसले सबैमा अविश्वास बढेको छ, अब पनि निर्वाह भत्ता बढ्छ भन्ने कुनै आधार छैन। कलेजको तर्फबाट पैसा आउने दिन तोकियो र कलेज फर्किने वातावरण बन्यो भने आन्दोलन रोक्छौँ।’

निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूको अत्याधिक श्रम शोषण हुने गरेकाले एक आवासीय चिकित्सकलाई हप्तामा ७२ घण्टाभन्दा बढी काममा लगाउन नहुने, वर्षको २८ दिन अनिवार्य बिदा दिनुपर्ने, किरिया बिदा र सुत्केरी बिदा आवश्यकताका आधारमा थप्नुपर्ने पनि उनीहरूको माग राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com