ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजतन्त्रको विरासत काटमार र उछृंखलता होः पन्त, जेपायो त्यही नबोल्न शाहीको चेतावनी


एबीसी न्यूज
चैत्र ३, २०८१ आईतबार  २ : ४४ बजे

काठमाडौं ३ चैत,। संसद्‌मा नेकपा एमालेका र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसदहरूबीच सवालजवाफ भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले राजतन्त्रका इतिहासबारे टिप्पणी गर्दैगर्दा राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रतिवाद गर्न खोजेपछि केहीबेर सवालजवाफ चलेको हो ।

एमाले सांसद पन्तले राजतन्त्रका इतिहास कोट्याउँदै विभिन्न राजाहरूले देश र विदेशमा घटाएका घटनाहरूबारे बोलेका थिए ।

उनले रणबहादुर शाह, राजेन्द्रविक्रम शाह, त्रैलोक्य विक्रम शाह हुँदै राजा त्रिभुवनसम्मकाबारेमा टिप्पणी गरे ।

‘‘रणबबहादुर शाहको उपद्रव हेरौं । दरबारमा जेठी र कान्छि रानीको लडाईंले गर्दा भीमसेन थापा र दामोदर पाण्डेजस्ता देशभक्त काटिए । राजेन्दविक्रम शाहको पालामा कसले कोत पर्व घटायो ? ,’ पन्तले भनेका छन्, ‘जेठो युवरालाई मारेर त्यसलाई हटाएर आफ्नो छोरालाई युवराज बनाउन कान्छि रानीले षड्यन्त्र गर्दा कोतपर्व जन्मिएको होइन ? त्रैलोक्य विक्रम युवराज छँदाछँदै कसले विष खुवाएर मार्‍यो दरबारमा ? जनताले ?’

सोही सिलसिलामा उनले राजा त्रिभुवनले भारतको कलकत्ताका क्लबहरूमा विभिन्न ‘रसरंग’ मच्चाएको, भारतीय पत्रिकादेखि तत्कालीन प्रधानमन्त्रीसमेतले टिप्पणी गर्न बाध्य भएको जिकिर गरे ।

‘‘त्रिभुवनलाई हेर्नुस् । दिल्ली त गए, तर कलकत्ताका क्लबहरूमा विभिन्न थरीका आइमाइहरूसँग रसरंग मच्चाउन थालेपछि भारतीय पत्रिकाहरूले टिप्पणी गरे । र भारतका प्रधानमन्त्रीले बाध्य भएर बोले,’ पन्तले भनेका थिए, ‘यो नेपालको राजाको तरिका ठिक भएन भनेर । राजा त्रिभुवनले काँधमा बोकेर देशमा ल्याएर राजा बनाइयो । त्यो लोकतन्त्रलाई उनका छोराले खोसे ।’

उनले यति बोल्दाबोल्दै राप्रपा सांसद शाहीले नियमापत्ति गरे ।

सांसद शाहीलाई डिस्टर्ब नगर्न पन्तले आग्रह गरे ।

शाही चुप नलागेपछि उनले इतिहास पढेर आफूसँग बहसमा उत्रन आग्रह गरे ।

‘म इतिहासबाट सावित गरेर देखाइदिन्छु । इतिहासका अंश पढेर आउनुस् । मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने । जुम्लामा हाहु गरेर आएको जस्तो होइन । इतिहास पढेर आउ,’ उनले भने ।

लगत्तै सांसद शाहीले भने, ‘जे पायो त्यही बोल्न पाइन्छ ?’

जवाफमा पन्तले भनेका छन्, ‘के बोल्न पाइन्छ मलाई थाहा छ ।’

सांसद शाहीले आफ्नो काटिएको समय उपलब्ध गराउन सभामुख देवराज घिमिरेलाई आग्रह गरे ।

त्यतिकैमा फेरि राप्रपा सांसद शाहीले प्रश्न गरे, ‘प्रमाण छ ?’

पन्तले जवाफमा भनिदिए, ‘इतिहास पढेर आउने, म सँग बहस गर्न आउने, मिस्टर । माननीय जी । इतिहास पढेर आउने ।’

त्यसपछि सभामुख घिमिरेले व्यवस्था अनुसार नै खण्डन गर्न आग्रह गरे ।

‘हाम्रो यहाँको प्रबन्ध, व्यवस्था र नियमावलीको आधारमा अभिव्यक्ति दिन्छौं । माननीय सदस्यले राष्ट्रको अगाडि बोलिरहँदा तथ्य, तर्कमा आधारित भएर बोल्नुपर्छ भन्ने विषयमा माननीय सदस्यहरू जानकार हुनुहुन्छ,’ उनले भने, ‘केही सदस्यलाई असहमत हुनसक्छ, झुटो लाग्नसक्छ । त्यसलाई हामीले तय गरेको व्यवस्था अनुसार नै खण्डन गर्नुपर्छ ।’

सभामुख घिमिरेले आफ्नो गरिमा राखेर बोल्न सांसहरूलाई आग्रह गर्दै सांसद पन्तको काटिएको समय थप हुने बताए ।

पन्तले भने, ‘मेरो काटिएको १० १२ मिनेट छ, प्लस होस् । प्रष्ट कुरा ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com