नविन विक, अर्घाखाँची । वर्तमान सरकारले सुशासनको पक्षमा काम गर्न नसकेको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पुर्व मन्त्री पम्फा भुसालले बताएकी छन् । भुसालले अहिलेको सरकार नीतिगत भ्रष्टाचार तर्फ अग्रसर रहेको बताइन् ।
सनिवार सन्धिखर्कमा प्रेस सेन्टर अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ भुसालले अहिलेको सरकारले ल्याएको अध्यादेशले नीतिगत भ्रष्टाचारको संकेत दिन खोजेको आरोप लगाइन् । सरकारले सदन चल्न केही दिन अघि मात्र ल्याएको अध्यादेशले नीतिगत भ्रष्टाचारको संकेत दिन खोजेको छ, उनले भनिन् –यस अध्यादेश भु-माफियालाई फाइदा हुने गरि ल्याइएको छ ।
अघिल्लो सरकारले एकपछि अर्को भ्रष्टाचारको फाइल खोल्न खोज्दा सरकार ढालेर भ्रष्टाचारीलाई जोगाउन खोजेको समेत बताइन् । ुप्रचण्डले सुशासन कायम गर्न खोज्दा अप्राकृतिक रुपमा संसदका पहिलो र दोस्रो ठुला दल मिलेर सरकार गठन गरे,ु नेतृ भुसालले भनिन् –अब २०८४ मा माओवादी केन्द्र चुनावमा एक्लै लडेर बहुमत ल्याएर सरकार जान्छ र सुशासनको पक्षमा निरन्तर काम गर्छ ।








प्रतिक्रिया दिनुहोस्