काठमान्डौ १ फागुन
ललिता निवास जग्गा प्रकरणमा बाबुराम भट्टराई र माधव नेपाल माथिको रिटको सुनुवाइ सकिएको छ ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ भएको हो ।सुनुवाइ सकिएकाले फैसला सम्भवतः आजै आउने सम्भावना रहेको बुझिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले उक्त निर्णय बदरको माग गर्दै रिट दायर गरेका थिए ।
अधिवक्ता न्यौपानेले भट्टराई र नेपालाई ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दाबीसहित भ्रष्टाचार मुद्दा चलाउन आदेश माग गरेका थिए । अख्तियारले भने नेपाल र भट्टराईले नीतिगत निर्णय मात्रै गरेकाले मुद्दा नचलाउने निर्णय गरेको थियो ।
यसअघि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासले निर्णय सुनाउनका लागि २०७९ कात्तिक १५ गतेको मिति तोकेको थियो । तर, मुद्दाको निर्णय सुनाउनुअघि नै तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले राणामाथि महाअभियोग लगाए पछि सो प्रकरण रोकिएको थियो।
५ वर्षमा १८ पटक पेशी र १३ पटक सुनुवाइको पालो आउँदापनि कुनै छिनोफानो हुन सकेको छैन ।








प्रतिक्रिया दिनुहोस्