काठमाडौं फागुन १
। नेपाल प्रहरीले काठमाडौंबाट कौडा खेल्नेरखेलाउने कार्यमा संलग्न ११ जनालाई पक्राउ गरेको छ ।
बुधबार साँझ ५ः३० बजेको समयमा जिल्ला काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं। १० बोसिगाउँस्थित वीरेन्द्र महर्जनको घरबाट उनीहरू पक्राउ परेका हुन् ।
हारजितनै हुनेगरी कौडा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले महर्जनको घर खानतलासी गर्दा उक्त घरको कोठाभित्र ११ जना मानिसलाई कौडा खेलिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट आठ लाख पचास हजार एक सय एक रुपैँया नगद, कौडा १८ थान, सिमीको दाना १२५ दाना, तास ३ बुक, हिसाब राख्ने रजिस्टर १ थान र तन्ना २ थान बरामद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्