ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरियाबारे आस्तानामा त्रिदेशीय वार्ता हुँदै


admin

काजकिस्तान, २ चैत। इरान, रुस र टर्कीका विदेशमन्त्रीहरुबीच सिरियाको विषयलाई लिएर काजकिस्तानको राजधानी आस्तानामा शुक्रबार त्रिदेशीय वार्ता सुरुहुने भएको छ ।

मस्को र तेहरानको समर्थन रहेको सिरियाली सरकारले दमासकसको बाहिरी इलाकामा अवस्थित पूर्वी गुटामा हवाई कारबाही गरेको एक महिनापछि यो छलफल हुन लागेको हो ।

सिरियाको राजधानी दमासकसको उपनगरको रुपमा रहेको गुटा सहरको पूर्वी भागमा जारी रहेको भयावह मानवीय अवस्था नै यस छलफलको प्रमुख एजेन्डाको रुपमा रहेको बताइएको छ ।

छलफलमा यी तीन देशका विदेशमन्त्रीहरु इरानका मोहमद जाभेद, रुसका सेर्गेइ लाभरोभ र टर्कीका मेभ्लुट चागुसोङ्लुको सहभागीता रहेको जनाइएको छ ।

रुसको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा त्यहाँको स्थलगत अवस्था विचारणीय भएको र वार्ता नै सफलता र कठिनाइको सामनाका लागि उत्तम उपाय रहेको बताइएको छ ।

यस विदेशमन्त्री स्तरीय छलफलले इस्ताबुलमा आगामी अप्रिल ४ तारिखमा हुने तीन राष्ट्रका राष्ट्रपतिको वार्ताको लागि एक प्रकारको आधार बनाउने अनुमान गरिएको छ ।

काजकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार अपरान्हतिरबाट तीन देशका विदेशमन्त्रीहरुको वार्ता सुरु हुने पुष्टि गरेको छ ।

सिरियामा सन् २०११ को मार्च १५ बाट त्यहाँका राष्ट्रपति बसर अल असादको विरोधमा सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

यहँको गृहयुद्धमा परी सो समयदेखि हालसम्म ३ लाख ४० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ ।
हालैका हप्ताहरुमा पूर्वी गुटामा भएको हवाई कारबाहीमा करिब १ हजार २६० व्यक्तिको मृत्यु भइसकेको छ । मृतकहरुमध्ये बालबालिका पनि धेरै छन् ।

राष्ट्रसंघीय अधिकारीहरुकाअनुसार मारिनेमा पाँच जनामा एकजना बालबालिका रहेका छन् ।
पूर्वी गुटामा गत फेबु्रअरी १८ बाट विद्रोहीलक्षित बमबारीमा परी बालबालिकासहित भीषण संख्यामा सर्वसाधारण मारिएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पूर्वी विद्रोहीको बलियो प्रभाव रहेको पूर्वी गुटा सहरमा खाद्य पदार्थलगायतका अत्यावश्यक सामाग्रीको कमी रहेको पृथ्वीकै सबैभन्दा ठूलो नर्क हो भएको संज्ञा दिनु भएको छ ।
सिरियाका राष्ट्रपति बसर अल असाद समर्थित सुरक्षा दलले भने पूर्वी गुटाको ७० प्रतिशत इलाका नियन्त्रणमा आएको र २० हजार सर्वसाधारण गुटाबाट स्वतन्त्र भएका जनाकारी दिएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले पनि सो जानकारी दिएको छ ।
काजगिस्तानाले सन् २०१७ को जनवरीबाट सिरियाको विषयलाई लिएर कैयौँ पटक वार्ताको आतिथ्य गर्दै आएको छ ।

यसमा इरान, रुस र टर्कीका उच्चस्तरीय व्यक्तित्वहरु र सिरियाली सरकार र विद्रोहीका प्रतिनिधिहरु समेत सहभागी हुदै पनि आएका छन् ।

संयुक्त राष्ट्रसंघ तथा अरु विदेशी समुदायले समेत सिरियामा शान्तिको स्थापनाका लागि गरेका प्रयासहरु सार्थक हुन सकिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com