माघ १९, चितवन । नेकपा एमाले विभाजन भएसँगै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को जिल्ला समितीको महत्त्वपूर्ण भुमिकामा रहेर काम गरेका र त्यो भन्दा अगाडि एमालेमा पनि महत्वपुर्ण भुमिकामा रहेर काम गरेका ५४ जना नेता तथा कार्यकर्ताहरुले एकीकृत समाजवादी परित्याग गरि नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । यसरी प्रवेश गर्ने चर्चित नेताहरुमा अरुण पिडित भण्डारी, कृष्णराज लब्ली, गंगा लामा, सुरज तिवारी लगायत छन् ।
यसै गरि काङ्ग्रेस र एमालेबाट थप ५० नेता कार्यकर्ताहरुले समेत पार्टी प्रवेश गरेको बताईएको छ । आज चितवनमा आयोजित पार्टी समायोजन तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले उनिहरुलाई पार्टी प्रवेश गराएका हुन् ।








प्रतिक्रिया दिनुहोस्