ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाराको निजगढमा ४३ जना सवार बस पुलबाट खस्दा १ को मृत्य, ४२ घाइते


ABC News

 

काठमाडौं ३१ भदौ । बारामा गएराति बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ४२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

गएराति साढे १२ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने निजगढ नगरपालिका–८ स्थित उनासी पुलबाट बस तल खसेर दुर्घटना भएको बाराका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।

‘दुर्घटनामा दाङको गडवा गाउँपालिका(५ घर भएका करिब ४५ वर्षीय चेतन राय यादवको मृत्यु भएको छ,’ सापकोटाले नेपालखबरसँग भने, ‘यादवको उपचारको क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा आज बिहान मृत्यु भएको हो।’

विराटनगरबाट दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भएर पुलबाट तल खसेको उनले बताए।

घाइते ४२ जनामध्ये ७ जनाको अवस्था गम्भीर छ। ‘गम्भीर घाइते सात जनाको अहिले बयोधा अस्पतालमा उपचार भइरहेको छ,’ डीएसपी सापकोटाले भने, ‘सामान्य घाइते ३६ जनाको निजगढकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ।’

अगाडिपट्टीको पट्दा भाचिँदा बस अनियन्त्रित भएर पुलबाट तल खसेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको उनले बताए।

घाइतेमध्ये सामान्य अवस्थाका २७ जनाको निजगढस्थित प्रसूती अस्पतालमा र आठ जनाको सिटी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा बसका चालक सल्यानको शारदा नगरपालिका( ३ का करिब ४० वर्षीय बलबहादुर भण्डारी पनि गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com