ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्री एयरको विमानमा एयर होस्टेसमाथि दुर्व्यवहारको आरोपमा एक युवा पक्राउ


एबीसी न्यूज

काठमाडौं १६ साउन ।  काठमाडौं(धनगढी उडानका क्रममा मंगलबार श्री एयरलाइन्सको विमानमा एयर होस्टेजमाथि दुर्व्यवहार गरेको भन्दै कैलालीका शिवराज ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनले उडानका क्रममा एयरहोस्टेज मात्र नभएर अन्य यात्रुहरू समेत असर पर्ने खालका गतिविधि देखाएको बताइएको छ। त्रिभुवन विमानस्थलबाट ४ बजे उडने श्री एयरलान्सको उडान नंम्बर २२५ को जहाज ५० मिनेट ढिलोगरी ४ः५० मा धनगढीका लागि उडेको थियो।

उमेरले नाबालक रहेको ओझा गोदावरी नगरपालिका १ का हुन्। उनी १७ वर्षका मात्रै रहेका खुलेको छ।

जहाज उडेलगत्तै देखि ओझाले दुई जना एयरहोस्टेज मध्ये एकलाई जिस्काउन थालिसकेका थिए।

श्रीएयरलाईन्सका धनगढी स्टेशन म्यानेजर गजेन्द्र शाहीले दिएको जानकारी अनुसार ती यात्रुले सबैभन्दा पहिला सिटबेल्ट लगाउन मानेनन्। एयरहोस्टेजले पटक–पटक सिटबेल्ट लगाउन भन्दा पनि उनले नमानेर जिस्काईरहे।

त्यसपछिको उनले सीटको ह्याण्डील हातराख्ने ठाउँ० मा खुुट्टा राखेर ग्यालरीमा हिडन असहज हुने हर्कत गरे।

उनले जहाजको ग्यालरीमा पानी र पेयपदार्थ दिन आउने बेला एयरहोस्टेजलाई लात्ता लाग्ने गरी अटेर गरिरहे। ‘तीनरचार पटक अनुरोध गर्दा पनि नमानेपछि एयर होस्टेजले क्याप्टेन सुगम धिमिरेलाई जानकारी गराईन्। त्यतीबेला काठमाण्डौंबाट जहाज आधा समय उडिसकेको थियो’, स्टेशन म्यानेजर शाहीले भने।

उनले जहाजको ग्यालरीमा पानी र पेयपदार्थ दिन आउने बेला एयरहोस्टेजलाई लात्ता लाग्ने गरी अटेर गरिरहे।

‘यस्तो अवस्था आएमा प्रायजसो क्याप्टेनले जहाज डाईभर्ट गर्ने पर्छन। क्याप्टेनले यात्रु र उडान दलका सदस्यको सुरक्षाका लागि भन्दै प्राय जहाज फर्काएका उदाहरण पनि छन्’, शाहीले भने।

‘तर क्याप्टेन घिमिरेले घटनाको जानकारी नागरिक उड्डयन प्राधिकरणको धनगढी कार्यालयलाई गराए। प्राधिकरणले प्रहरीलाई जानकारी गरायो। जहाज अवतरण हुने बित्तिकै ओझा धनगढी विमानस्थलबाटै पक्राउ परे।’

श्रीययरलाईन्सको उडान नं।२२५ को उक्त जहाज क्याप्टेन सुगम घिमिरे र अलिस आचार्यले उडाईरहेका थिए। काठमाण्डौंमा जहाजमा चढने बेला पनि ती युवकको एकजना यात्रुसँग भनाभन भएको थियो।

जहाजमा अन्तिम समयमा चढेका ती युवक १ नम्बर सीटमा बसेका थिए। उक्त सीट एयरहोस्टेज बस्ने ढोकानजिकै हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com