ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रातो मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माण अलपत्र


एबीसी न्यूज
चैत्र १२, २०८० सोमबार  ३ : ४५ बजे

काठमाडौं १२ चैत । ललितपुरको बुंगमतीस्थित रातो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माणको कार्य आठ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । २०७२ को भूकम्पले क्षतिग्रस्त मन्दिरको पुनर्निर्माणको कार्य सोही वर्ष माघमा शिलान्यास गरी प्रारम्भ भएको थियो । तर मन्दिरको पुनर्निर्माणको कार्य अलपत्र बनेको छ ।

२०७७ असार १५ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको निर्णय अनुसार उपभोक्ता समितिबाट पुनर्निर्माण कार्य सम्झौता भयो । यसअघि विभिन्न ठेकेदारले पुनर्निर्माणको जिम्मा लिए पनि बिचैमा छोडेका थिए ।

श्रीलङ्काली सरकारको आर्थिक सहयोगमा तीन करोड आठ लाख आठ हजार ९६१ रुपियाँ लागतमा २०७८ असार १५ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो ।

ललितपुर महानगरपालिका(२२ का वडाध्यक्ष सागर तुलाधरका अनुसार यसअघिको समयावधिमा पुनर्निर्माण कार्यको जिम्मा ठेकेदारले लिए पनि के कति रकम खर्च भयो भन्ने आधिकारिक जानकारी छैन ।

प्राथमिकतामा परेको मन्दिरको पुनर्निर्माणको काम हालसम्म पनि सम्पन्न नहुँदा नियमितरुपमा हुने स्थानीय जात्रा, पर्वमा असर पर्ने गरेको छ ।

नियमित पूजाआजाका लागि हाल निर्माण भइरहेको मन्दिर छेवैमा अस्थायी मन्दिर बनाइएको छ । पुरोहितहरुले सोही अस्थायी मन्दिरमा मछिन्द्रनाथसँग सम्बन्धित काम विधिविधान अनुरुप गर्दै आएका छन् । उहाँले मेला सञ्चालन गर्ने ठाउँमा अस्थायी मन्दिर खडा गरिएकोले यो पटक देवगणहरु नचाउन तथा मेला सञ्चालन गर्न नसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मन्दिरको दक्षिणतिर अस्थायी मन्दिर बनेको अवस्था छ । त्यही ठाउँमा मेला सञ्चालन गर्नुपर्ने भएकोले यो वर्ष हामीले सञ्चालन गर्न सकेनौं । मन्दिर नबनेको अवस्थामा यस्ता कुरा छुटेको छ ।”

ऐतिहासिक एवम् धार्मिक महत्वको रातो मछिन्द्रनाथ छ महिना ललितपुरको तःबहाल र छ महिना बुंगमतीमा रहँदै आएको छ । हरेक वर्ष ललितपुरको पाटनबाट र १२ वर्षमा एक चोटी बुंगमतीबाट भोटो देखाउने जात्रा सञ्चालन हुँदै आएको उहाँको भनाइ छ ।

तुलाधरका अनुसार रातो मछिन्द्रनाथ बुंगमतीमा ल्याउने बेलासम्म मन्दिर पुनर्निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

उहाँले भन्नुभयो, “रातो मछिन्द्रनाथ एक महिना अगाडि पाटन लगिएको थियो । अब पाँच महिनापछि यता बुंगमती ल्याइन्छ । यो मन्दिर तयार गरेर मछिन्द्रनाथलाई नयाँ मन्दिरमा राख्ने तयारी गरिरहेका छौं । तर पुरातत्व विभाग र उपभोक्ता समितिबिच कुरा मिलिरिहेको छैन ।”

उहाँका अनुसार मन्दिर पुनर्निर्माण उपभोक्ता समितिको २०८० असार मसान्त यता म्याद थपिएको छैन । पुरातत्वलगायत सम्बन्धित पक्षले देखाएको ढिलासुस्तीका कारण मन्दिर पुनर्निर्माणको काममा नै अवरोध पुग्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

सम्बन्धित

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

रोल्पामा कक्षा ९ का विद्यार्थीले बनाए बन्दुक

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com