ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकपमा छनोटमा नेपालले आज बहराइनसँग खेल्दै


एबीसी न्यूज
चैत्र ८, २०८० बिहीबार  १ : ३१ बजे

काठमाडौं ८ चैत । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज बहराइनसँग खेल्दैछ ।

समूह एच अन्तर्गतको यस खेल बहराइनको स्थानीय समय अनुसार राति १० बजे ९नेपाली समय मध्यरात १२स्४५० बजे सुरु हुनेछ । खेल बहराइनको रिफास्थित राष्ट्रिय रंगशालमा हुनेछ ।

आज हुने खेल खेल नेपालको होम म्याच रुपमा हुनेछ । किनभने होम एण्ड अवेका आधारमा हुने छनोटअन्तर्गत नेपालले बिहीबारको खेल घरेलु मैदान दशरथ रंगशालमा खेल्नुपर्ने थियो । तर, दशरथ रंगशालको मैदानको अवस्था छनोटको खेल खेलाउने स्तरको नभएकोले नेपालले होम म्याच पनि बहराइनमै खेल्न लागेको हो ।

नेपालले बहराइनसँगको अवे म्याच अर्को साता बहराइनमै खेल्नेछ ।

समूह एचमा नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको थियो र अंकविहीन छ । पहिलो खेल युएईसँग अवे मैदानमा ४(० ले पराजित भएको नेपाल घरेलु मैदानमा भएको दोस्रो खेलमा यमनसँग पनि २(० ले पराजित भएको थियो ।

बहराइनले भने एक जित र एक हारको नतिजा निकालेको छ । पहिलो खेलमा यमनलाई २(० ले हराएको बहराइन दोस्रो खेलमा यसएईसँग २(० ले पराजित भएको थियो । समूह एचमा बहराइन २ खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले छोटो समयमको तयारी भएको भन्दै राम्रो प्रदर्शन गर्ने प्रयास रहने बताए । ‘हामी नतिजा भन्दा पनि राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौँ । टिममा धेरै नयाँ खेलाडीहरु छन् । नयाँ खेलाडीले डेब्यु गर्ने सम्भावना छ,’ उनले भने ।

यस्तै नेपाली टिममा १६ खेलाडी २२(२३ वर्षका भएको भन्दै उनीहरुको लागि यो एक्सपोजर लिने राम्रो अवसर भएको बताए ।

‘हाम्रो टिम युवा छ । चार खेलाडीसँग मात्र यस्तो खालको प्रतियोगितामा धेरै खेल खेलेको अनुभव छ । धेरै खेलाडीका लागि यो विश्वकप छनोटमा सिनियर टिमबाट डेब्यु गर्ने अवसर हुनेछ,’ एनेसले भने, ‘म मेरो खेलाडीप्रति कन्फिडेन्ट छु र उनीहरुमाथि मलाई विश्वास छ ।’ एनेस राम्रो टिम रहेकोले पछिल्लो खेलमा उसले राम्रो खेलेको पनि बताए ।

बहराइन आउनुअघि मलेसियासँग अभ्यास खेल खेलेको र उक्त खेलबाट धेरै कुरा सिक्ने अवसर पाएको बताए ।

नेपाली टिममा कप्तान किरण कुमार लिम्बुसहित अन्जन विष्ट अनन्त तामाङ भरत खवास सबैभन्दा अनुभवी खेलाडी छन् ।

नेपालका कप्तान किरण कुमार लिम्बुले बहराइनसँगको खेल कठिन हुने बताए । ‘कोचले भने जस्तै छोटो समयको तयारी भयो । धेरै टफ म्याच हुनेछ । बहराइनसँग २ खेल खेल्दैछौं । हामीले उनीहरुलाई सम्मान गर्नुपर्छ । राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौं ।’

कप्तान किरणले घरेलु मैदानमा खेल्न नपाउँदा धेरै कुराहरु मिस हुने बताए । ‘हामीले घरेलु मैदानमा खेल्न नपाउँदा धेरै गुमाउछौं । घरेलु मैदानमा खेल भएको भए हाम्रो योङ खेलाडीले अझ राम्रो दिन सक्थ्यो,’ किरणले प्रि म्याच कन्फेरेन्समा भने ।

उनले एक सातामा अवे मैदानमा दुई खेल खेल्नु चुनौतीपूर्ण भएको भन्दै टिमले राम्रो प्रदर्शनकै लागि खेल्ने बताए । ‘एक सातामा हामीले बहराइनसँग उनीहरुकै मैदानमा दुई खेल खेल्नुछ । ठूलो टिमसँग बाहिर खेल्दा गाह्रो त हुन्छ । अब हामीले हाम्रो तर्फबाट राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौँ,’ किरणले भने, ‘हाम्रो टिममा ४ जना बाहेक अरु खेलाडी युवा छन् । धेरै जना डेब्युको प्र्खाईमा छन् । मलेसियासँगको खेलले पनि धेरै कुरा सिकाएको छ र नयाँ खेलाडीहरुलाई पनि अवसर छ ।’

किरणले दुवै म्याच अवे मैदानमा खेल्दा अली अनकन्फरटेबल हुने भएपनि कोचको रणनीति अनुसार खेलाडीहरुले जति सक्छौँ त्यसमा शतप्रतशित दिएर खेल्ने बताए ।

ड्रागन तालाभिकले नेपालसँगको खेलका लागि आफ्नो टिम तयार रहेको बताए । हामी यस खेलका लागि राम्रोसँग तयार छौँ । यस भन्दा अघिका कोचहरुले जे गर्नुभयो त्यसका लागि धन्यवाद ।

क्रोएसियन नागरिक तालाभिकले बहराइन नेपालको तुलानामा आफ्नो टिम बलियो भएपनि अहिले नै खातामा ६ अंक आएको कल्पना गर्न नहुने बताए । ‘हाम्रो खातामा ६ अंक आउँछ भनेर सोच्नु हुन्न । किनकी हामीले वस्तविकता बुझ्नुर्छ र यदी हामीले ६ अंक जोड्ने हो भने कडा फाइट गर्नुपर्छ,’ नेपाल सँगको खेलको नतिजाको बारेमा सोध्दा तालाभिकले भने, ‘निश्चय पनि नेपाल भन्दा हाम्रो टिम राम्रो छ र क्षमता पनि छ । तर यो पेपरमा मात्र हो र हामीले मैदानमा पनि त्यो देखाउनुपर्छ ।’

उनले नेपाल विरुद्ध आफ्नो टिमले दुई खेलमा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे । ‘हामीलाई ६ अंक आवश्यक छ तर यो सजिलो हुने छैन । कुनै पनि टिमविरुद्ध सहज हुँदैन । तर, हामीले राम्रोसँग तयारी गरेका छौं,’ उनले भने ।

फिफा वरीयतामा नेपाल भन्दा बहराइन ९३ स्थान माथि छ । पछिल्लो वरीयतामा सुधार गरेको बहराइन हाल ८२औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज मध्यरातदेखि अत्यावश्यक सेवाबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक

निर्वाचनको अन्तिम तयारीमा विवाद र दुःखद घटनाहरू: वीरगंजमा धार्मिक द्वन्द्व उक्साउने प्रयास, उम्मेदवारहरू पक्राउ

सम्बन्धित

आज मध्यरातदेखि अत्यावश्यक सेवाबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

९ वटा सुतली बम र सुँगुरको टाउको मस्जिदमा फ्याँक्ने तयारी गरेका ३ जना पक्राउ

जसपाका उम्मेदवार मध्यराति नगदसहित पक्राउ, कारबाहीका लागि आयोगमा पठाउने तयारी

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

पर्सा–२ का उम्मेदवार मनोज कुमार चौधरी सवार गाडीमा शंकास्पद विस्फोटक पदार्थ फेला, चार जना नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com