ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तरी क्षेत्रबाट हुने उद्धार उडानमार्फत सुन तस्करीको आशंका


एबीसी न्यूज

काठमाडौं ७ चैत । चीनसँग सीमा जोडिएको उत्तरी नाका आसपासबाट हुने हेलिकोप्टरको उद्धार उडानमार्फत सुन तस्करी हुने गरेको आशंका गरिएको छ ।

सुन तस्करीबारे छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित जाँचबुझ आयोगले उद्धारका लागि प्रयोग हुने हेलिकोप्टरबाट समेत सुन तस्करी हुने गरेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको हो । त्यसबारे आफूहरुलाई सुराकहरु प्राप्त भए पनि दिन र समय नै तोकेर भने विवरण प्राप्त नभएको आयोगका एक सदस्यले बताए ।

आयोगले केही विषयमा विस्तृत छानबिन गर्नुपर्ने देखिएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्राचार गरेको उनले बताए । आयोगले प्रतिवेदनमा हेलिकोप्टरमार्फत समेत सुन तस्करी भएको सूचना प्राप्त भएको बताउँदै यसको नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्नुपर्ने भनिएको छ ।

‘विरामीलाई उद्धार गरेर आएको हेलिकोप्टरलाई समेत निगरानीमा राख्नुपर्ने सुझाव दिएका छौं, सुत्केरी लिन गएको हेलिकोप्टरमा समेत सुन आएको सूचना पाएका थियौं’, उनले थपे, ‘यसका लागि निश्चित ठाउँमा मात्र उद्धार हेलिकोप्टर अवतरण गराउनुपर्ने र त्यहाँ सीसी टीभी राख्नुपर्ने भनेका छौं ।’

हेलिकोप्टर सेवा प्रदायकले पनि नागरिक उड्डयन प्राधिकरणसँग विवरण टिपाएर मात्र परिचालित हुनुपर्ने भनिएको छ । आयोगले हेलिकोप्टर सेवाको विवरण समेत मगाएर अध्ययन गरेको स्रोतको भनाइ छ ।

आयोगमा छलफलका लागि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएका बेला समेत यो विषयमा सोधिएको ती सदस्यले बताए ।

आयोगका अध्यक्ष डिल्लीराज आचार्यले भने प्रतिवेदनमा भएका विषयवस्तुबारे विस्तृतमा बताउन चाहेनन् । ‘थप अनुसन्धान हुनुपर्ने विषय भएकाले यो सरकारको कुरा भयो, हामीले समग्रमा कसरी तस्करी नियन्त्रण गर्ने भन्नेबारे सुझाव पनि दिएका छौं’, उनले  भने, ‘वस्तुगत तथ्य देखिएका आधारमा प्रतिवेदन तयार गरेर बुझाएका छौं ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com