ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआईसी एसिया बैंक खराब कर्जामा डुब्यो, ऋण असुली न्यायाधिकरणमा ८३ वटा मुद्दा


एबीसी न्यूज
माघ २५, २०८० बिहीबार  १२ : ४३ बजे

काठमाडौँ, २५ माघ । कमजोर पर्फमेन्सका बाबजुद एनआईसी एसिया बैंक पछिल्लो समय खराब कर्जा (एनपीएल) मा डुबेको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खराब कर्जाको दर (एनपीएल) ९५ प्रतिशतमाथिले बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जाको दर ०.६१ प्रतिशतबाट एकैपटक बढेर १.१९ प्रतिशत पुगेको हो ।

वित्तीय रिपोर्ट अनुसार पुस मसान्तसम्म बैंकले ३ खर्ब ८१ अर्ब निक्षेप संकलन गर्दै २ खर्ब ९३ अर्ब कर्जा प्रवाह गरेको देखिन्छ । तर सोमध्ये ३ अर्ब ४८ करोड रुपैयाँमाथिको लगानी खराब कर्जामा रूपान्तरण भएको छ । फलतः बैंकको खुद नाफासँगै यता वितरणयोग्य नाफा समेत प्रभावित बन्न पुगेको छ । अघिल्लो वर्ष पुस मसान्तमा ३ अर्ब २७ करोड ३३ लाख खुद नाफा आर्जन गरेको बैंकले यो वर्ष कमजोर पर्फमेन्स प्रदर्शन गर्दै ४१।८४ प्रतिशतले नाफा गुमाउँदै जम्मा १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ मात्र कमाएको छ ।खुद ब्याज आम्दानी, सञ्चालन मुनाफासँगै अन्य सबै जसो आम्दनीका स्रोतहरु गुमेको बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) समेत नराम्रोसँग खुम्चिन पुगेको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी १०।१३ प्रतिशतले घटेकोमा सञ्चालन मुनाफा २४।१३ प्रतिशतले घटेको छ । बैंकको प्रतिसेयर आम्दानी ५४।९२ प्रतिशतले घट्न पुगेको छ ।  यस वर्ष बैंकको वितरणयोग्य मुनाफा ५९ करोड २२ लाख रुपैयाँले ऋणात्मक बन्न पुगेको छ । यसले आगामी वर्ष बैंकले वितरण गर्ने मुनाफा प्रभावित बन्ने निश्चित छ ।

ऋण असुली न्यायाधिकरणमा ८३ वटा मुद्दा

बैंक खराब कर्जामा चुर्लुम्म डुब्दै गर्दा यता एनआईसी एसिया बैंकले ऋण असुली न्यायाधिकरणमा ऋणीविरुद्ध ८३ वटा मुद्दा हालेको छ । चालु आर्थिक वर्षको साउनयता ८३ ऋणीबाट कूल ९९ करोड ८४ लाख ८१ हजार रुपैयाँ बराबरको बिगो दाबीसहित बैंकले ऋण असुली न्यायाधिकरणमा मुद्दा हालेको हो । यो अन्य वाणिज्य बैंकहरुको तुलनामा उच्च हो ।

आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब ९३ अर्ब बढी ऋण लगानी गरेको बैंकले ऋण उठाउन नसकेर ऋण असुली न्यायाधिकरणको सरणमा जानु आफैमा जोखिमपूर्ण अवस्था हो ।

त्यसो त हाल बैंकसँग ३ अर्ब ४७ करोड ५० लाख रुपैयाँ माथिको नन् बैंकिङ्ग एसेटस् (धितो) रहेको छ । पटकपटक लिलामीमा जाँदा समेत जिन्सी धितो लिलामी गर्न नसकेको बैंकले खराब कर्जाको व्यवस्थापनकै लागि चालु आर्थिक वर्षमा ५ अर्ब ६२ करोड ९० लाख रुपैयाँमाथि लोन लस्ट प्रोभिजन गर्न बाध्य भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com