ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको एक विद्यालयमा पूर्व छात्रले अन्धाधुन्ध गोलीचलाउदा १७ जनाको मृत्यु


एबीसी न्यूज
फाल्गुन ३, २०७४ बिहीबार  ८ : ४९ बजे

काठमाडौं,३ फागुन । अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा कम्तीमा १७ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।

अमेरिकाको फ्लोरिडा राज्यको पार्कल्याण्ड प्रहरीले १९ वर्षीय पूर्वविद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा यति ठूलो मानवीय क्षति हुन पुगेको पुष्टि गरेको छ ।

बीबीसीले घटनाका संदिग्धको नाम निकोलस क्रुज रहेको जनाएको छ । समाचार अनुसार १९ वर्षीय निकोलस विद्यालयका पूर्व छात्र हुन् जसलाई स्कुलले निकालिदिएको थियो ।

स्थानीय अधिकारीले सीबीएस न्यूजलाई दिएको जानकारी अनुसार स्कुलमा फायर अलार्म बजाएपछि विद्यार्थीहरु तितरबितर भएका थिए । त्यही बेला उनले गोली वर्षाएका थिए ।

स्कुलका छात्र कक्षामा लुकेका थिए भने प्रहरीले स्कुल घेरेको थियो । गोलाबारी सुरु भएको एक घण्टापछि प्रहरीले गोलाबारीमा संलग्नलाई हिरासतमा लिएको छ ।

प्रहरीले १४ पीडितबारे जानकारी दिएको छ तर उनीहरुको स्थिति सार्वजनिक गरिएको छैन ।

यसअघि स्टोनम्यान डगलस हाइस्कुलका सुपरिटेण्ड रोबर्ट रन्सीले केही ब्यक्तिको मृत्यु भएको जानकारी दिएका थिए । उनले भनेका छन्, ‘संदिग्ध व्यक्ति सम्भवतः पूर्वछात्र थिए ।’

 

अमेरिकी टिभी च्यानलका अनुसार स्थानीयले निकै सहयोग गरेका थिए । विद्यालयमा अध्ययनरत विद्यार्थीका बुबा आमा स्कुल परिसरमा जम्मा भएका थिए ।

ह्वाईट हाउसका प्रवक्ता लिण्डसे वाल्टर्सले भनेका छन्, ‘राष्ट्रपतिलाई फ्लोरिडाको स्कुलमा भएको गोलाबारीको जानकारी दिएका छौं । घटनामा घाइतेको स्वास्थ्यलाभका लागि हामीले प्रार्थना गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

विश्वव्यापी १० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com