ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष केपी ओलीले- एमालेको सरकार ढलेपछि अस्थिरता बढ्यो, अर्थतन्त्र ओरालो लाग्यो


एबीसी न्यूज
मंसिर १४, २०८० बिहीबार  २ : ५७ बजे

काठमाडौं, १४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजतन्त्र नफर्किने बताएका छन्। बैतडीको गोठालापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले गणतन्त्रको विरोध गर्ने दुस्साहिक काम भइरहेको टिप्पणी गरे

‘हामी पछाडी फर्किन सक्दैनौँ। फेरि रैती हुन सक्दैनौँ। जन्मिदै कोही राजा हुन जन्मिन्छ कोही दास हुन जन्मिन्छ भनेर मान्दैनौँ,’ उनले भने, ‘अब गरिबी अन्त्य हुनैपर्छ, त्यो काम सरकारको हो।’

एमालेको सरकार ढलेपछि देशको राजनीति अस्थिरता हुनुका साथै अर्थतन्त्र ओरालो लागेको ओलीको दाबी छ।

‘हामीले सरकार छोडेपछि यी अढाइ वर्षमा देशको अर्थतन्त्र ओरालो लाग्यो, राजनीति अस्थिरतामा गयो, रोजगारीका अवसर समाप्त भए,’ उनले भने, ‘देश झन् झन अफ्ठ्यारो पर्दैछ, अहिले कर्मचारी पाल्ने पैसा पनि सरकारसँग छैन, आन्तरिक ऋण उठाएर कर्मचारी पाल्नु पर्ने अवस्था पहिलो चार महिनामा परेको छ भने कस्तो अवस्था होला ?

पहिचानका नाममा नेपाली जनतालाई विभाजित गर्न खोजिएकोमा उनले आपत्ति जनाए। ‘पहिचानको सवाल एमालेले सबैभन्दा बढी सम्बोधन गरेको छ, संविधानमा समानुपातिक र समावेशीताको सिद्धान्त सामेल गरेका छौँ,’ उनले भने, ‘हिंसा फैलाउने, अराजकता र आतंक फैलाउने पहिचानको राजनीति हुन सक्दैन।’

सरकारले बेरोजगारी समस्या हटाउनु पर्नेमा उनले जोड दिए। ‘मेरो कार्यकालमा विदेशमा जाने युवा १८ प्रतिशत घटेको थियो,’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘९ लाख मानिसलाई हामीले गरिबीको रेखाभन्दा माथि राखेका थियौँ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कम्युनिष्ट नमिल्दा २३ सीटमा घाटा : कहाँ–कहाँ रोकिन्थ्यो रास्वपा र कांग्रेस? (मत विश्लेषण)

झन्डै दुईतिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

सम्बन्धित

कम्युनिष्ट नमिल्दा २३ सीटमा घाटा : कहाँ–कहाँ रोकिन्थ्यो रास्वपा र कांग्रेस? (मत विश्लेषण)

झन्डै दुईतिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संसद् पहिलो बैठक वैकल्पिक हलमा

रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद, सहकार्यको प्रतिबद्धता

लज्जाजनक हार बेहोरेको झापा ५ मा एमाले समानुपातिक तर्फ पनि निकै कम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com