ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्प पीडितलाई रिलिफ नेपालबाट सहयोग


abc tv
कार्तिक २५, २०८० शनिबार  ७ : ५३ बजे

काठमाडौं । जाजरकोट भूकम्पबाट पीडित परिवारका लागि रिलिफ नेपाल सिन्धुलीले सहयोग गरेको छ ।

अल ह्याण्डस एण्ड हार्टसको सहयोगमा रिलिफ नेपालले जाजरकोटको नलगाड नगरपालिकाका ९० घर परिवारलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय र नलगाड नगरपालिकाको समन्वयमा रिलिफ नेपालले प्रतिपरिवार त्रिपाल एक थान, म्याट्रेस २ थान र कम्बल २ थान वितरण गरेको हो । सहयोग प्राप्त गर्नेमा तीन मृतकका परिवार र सात सुत्केरी परिवार समेत छन् ।

भूकम्प पीडितका लागि सहयोग गर्न सिन्धुलीबाट रिलिफ नेपालको तर्फबाट कार्यकारी निर्देशक खुसराज पौडेल, बोर्ड सदस्य लिलबहादुर लुम्रे र विवेक गौतम जाजरकोटमा छन् ।

स्थानीय रुपमा ग्रामीण समाज नेपालका साथै राष्ट्रिय भलिवल खेलाडी कामना विष्ट, मोतीलाल वली, युवराज शर्मा, लक्ष्मण सिंह ठकुरी र कमला रावलले स्वयमसेवकका रुपमा सहयोग गरेका छन् ।

आज र भोलि थप भूकम्प पीडित परिवारलाई सहयोग गर्ने कार्यक्रम रहेको छ ।

भूकम्प पीडितलाई सहयोग उपलव्ध गराएसँगै बागमती र मधेस प्रदेशमा काम गर्दै आएको रिलिफ नेपालले कर्णाली प्रदेशमा समेत काम थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावमा कुन सांसदले के भने ?

संविधानका अक्षरहरू बहुमतको गणितले मात्रै कोरिन हुँदैन : सुहाङ नेम्वाङ

सम्बन्धित

संसद् छल्दै प्रधानमन्त्री वालेन्द्र, बढ्दो आलोचना र जवाफदेहितामाथि प्रश्न

आज संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिने कार्यसूची

काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी भेगका केही ठाउँमा वर्षा

कोलकातालाई हराउँदै आरसीबी आईपीएल क्रिकेटको शीर्षस्थानमा

र्‍यापमा विद्रोह, सत्तामा मौनता: ‘छद्म-विद्रोही’ छवि र संसदीय स्वेच्छाचारिता

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com