ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसियाली खेलकुदको उद्‌घाटन समारोह २ घन्टा चल्ने


एबीसी न्यूज
आश्विन ६, २०८० शनिबार  १ : ५५ बजे

काठमाडौं, ६ असोज । हाङ्झाउ एसियाली खेलको उद्घाटन समारोह आज हुँदैछ।

नेपाली समयअनुसार साँझ ५ बजेर ४५ मिनेटमा उद्घाछन समारोह सुरू हुँदैछ। आयोजकका अनुसार उद्घाटन समारोह १ सय २० मिनेटसम्म चल्नेछ। समारोहमा विभिन्न देशका खेलाडीहरूले मार्च पास गर्नेछन्।

मार्च पासमा नेपालको झण्डा तेक्वान्दो खेलाडी वीरबहादुर महरा र उसु खेलाडी नीमा घर्तिमगरले बोक्नेछिन्।यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित खेलकुद मन्त्री डिगबहादुर लिम्बू र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले पनि उद्घाटन समारोहमा भाग लिँदैछन्।

४५ देशका खेलाडीहरूको मार्च पासका लागि ४० मिनेटको समय तोकिएको छ, त्यसपछि कार्यक्रमको औपचारिक समारोह सुरू हुनेछ। औपचारिक उद्घाटनपछि हुने सांस्कृतिक प्रस्तुति करिब ४५ मिनेटसम्म चल्ने छ। आयोजकले दुई घन्टाको कार्यक्रमको समापन गर्ने जनाएको छ।

एसियाली देशहरूको खेलकुदको कुम्भमेला एसियाली खेलकुदमा ४० खेलमा ४५ देशका खेलाडीले भाग लिँदैछन्। यसपटकको एसियाली खेलकुदमा १२ हजार बढी खेलाडी सहभागी हुनेछन्।

पेरिसमा हुने ओलम्पिक २०२४, टोकियोमा भएको ओलम्पिक २०२० मा पनि यति खेलाडीले प्रतिस्पर्धा गरेका थिएनन्। ओलम्पिक पछिको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता मानिने एसियाली खेलकुदमा नेपालले यसपटक २९ खेलमा प्रतिस्पर्धा गर्दैछ।

२९ खेलमा नेपालका २५३ खेलाडीले भाग लिँदैछन्। एसियाली खेलकुदमा अहिलेसम्म स्वर्ण पदक जित्न नसकेको नेपालले पछिल्ला तीन संस्करणमा एक(एक पदकमात्र जित्न सकेको छ। नेपालले यसपटक व्यक्तिगत विधाका खेलमा पदकको आसा गरेको छ। जसमा तेक्वान्दो, उसु, कराते बक्सिङसहित नयाँ खेलहरू इस्पोर्ट्स, डान्स स्पोर्ट्स र क्यानोङमा पदकको आसा गरेको छ।

पछिल्ला तीन एसियाली खेलकुदमा नेपालले एक(एक पदक मात्र जित्न सकेको छ। सन् २०१० को ग्वानझाउ एसियाड र २०१४ को इन्चोन एसियालीमा नेपालले कास्य पदक मात्र जित्न सकेको थियो। यस्तै नेपालले सन् २०१४ को इन्डोनेसियाको जाकार्तमा भएको एसियाली खेलकुदमा प्याराग्लाइडिङबाट रजत जितेको थियो। यसपटक प्याराग्लाइडिङ समावेश छैन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

सम्बन्धित

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com