ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेतृत्वको वरिपरि गोलबद्ध हौं – प्रचण्ड


ABC NEWS

काठमाडौँ २१ साउन । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधामन्त्री पुष्पकमल दाहालले केन्द्रीय कमिटी बैठकपछि पार्टी भावनात्मकरूपमा नै एकताबद्ध भएको दाबी गरेका छन् । पार्टीको मूल नेतृत्वको वरिपरि सबै नेतृत्व गोलबन्द भएको दाहालको भनाइ थियो ।

पार्टी केन्द्रीय समितिको बैठकको समापन गर्दै आइतबार दाहालले सरकारले गरेका राम्रा कामको प्रचारप्रसार गर्दै जनतामा जानुपर्ने पनि बताएका छन् ।

‘बैठकमा प्रवेश गर्दा पार्टीका नेताबीच पनि आशंका, अविश्वास हो कि भन्ने थियो । यो बैठकबाट निक्लिँदै गर्दा मिडियाका साथीहरूले पनि थाहा पाइसक्नुभएको छ हामी एकढिक्का भएका छौं । हामी कुनै पनि खालको विधि, पद्धतिबाहिर जाने छैनौं,’ उनले भने, ‘विचार र राजनीतिमा मात्रै गोलबन्द भएका छैनौं कि हामी सबैको निम्ति यो खुसी र गर्वको कुरा हो, हामी भावनात्मकरूपमा पनि एकताबद्ध भएका छौं ।’

पार्टीले सरकारले गरेका कामका साथै परिवर्तनका उपलब्धिको पनि स्वामित्व लिने गरी जनतामा जानुपर्ने दाहालको भनाइ थियो । ुमाओवादीले फेरि देशको नेतृत्व लिनेगरी अगाडि बढ्नेछौं । हामी यसै पनि युगान्तकारी परिवर्तनको नेतृत्व लिने पार्टी हौं । बीचमा कताकता केही अन्योलमा परेजस्तो भएको थियो । यो बैठकले पार्टी र देशलाई उज्यालो दिएको छ,’ उनले भने ।

पार्टी केन्द्रीय समितिको बैठकमा लोकतन्त्र र जनवादको उच्चतम अभ्यास भएको उनले बताए । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को घोषणा गर्दै दाहालले नेपालका सबै घरमा पार्टी नेताहरूलाई गएर सुशासनलगायतका पक्षमा सरकारले चालेका कामको प्रचार गर्न भनेका छन् । उनले आफू पनि सात प्रदेशका सातवटा वडामा जाने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com