ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१६ वर्षपछि एप्पलले बदल्दैछ आइफोनको डिजाइन


abc tv
असार १२, २०८० मंगलबार   २ : २९   बजे

काठमाडौं । एप्पलको बहुप्रतिक्षित आइफोन १५ सिरिज लञ्च हुन केही महिना मात्रै बाँकी छ। प्रतिक्षाको घडी नजिक आउँदै गर्दा नयाँ आइफोन सिरिजका विषयमा विभिन्न खालका समाचार तथा खुलासाहरु सार्वजनिक भैहरेका छन्। जस अनुसार एप्पलको आफ्नो नयाँ आइफोन १५ सिरिजमा पहिलोपटक आइफोनका डिजाइन तथा हार्डवेयरमा महत्वपूर्ण परिवर्तन गर्न लागेको दाबी गरिएको छ।

आइफोन १५ प्रो म्याक्समा एप्पलले आइफोनमा रहँदै आएको म्यूट बटनलाई हटाएर एक नयाँ बटन राख्ने र त्यो फाइभ जी फोनका लागि नयाँ हुने बताइएको छ।

केहीदिन अघि मात्रै एप्पलको आसन्न आइफोन १५ को दाबी गरिएको आइफोनको बाहिरी खोलको तस्वीर सार्वजनिक भएको थियो।

त्यसबाटै नयाँ आइफोनमा म्यूट बटन हटाउन लागिएको अनुमान गरिएको हो। माजिन बू नामक टिप्स्टरले उक्त तस्वीर शेयर गर्दै त्यस्तो दाबी गरेका थिए।

यदि सोही बमोजिम भएमा एप्पलको आइफोन १५ सिरिज अन्तरगतको प्रो म्याक्समा म्यूट स्विच बटनको स्थिति परिवर्तन हुनेछ, जुन करीब १६वर्षमा पहिलोपटक हुन लागेको हो।

उक्त खोलको तस्वीर हेर्दा म्यूट बटनलाई प्रतिस्थापन गर्ने नयाँ बटन धेरै वृत्ताकार हुने देखिन्छ। एक दाबी अनुसार नयाँ आइफोनमा क्यामरालाई नियन्त्रण गर्ने तथा फोनलाई स्विचअफ गर्ने जस्ता दुबै काम गर्नसक्ने एउटै बटन हुनेछ।

सार्वजनिक भएको समाचार अनुसार आइफोन १५ प्रो म्याक्सको पछाडिको क्यामराको भागमा एउटा ठूलो आकारको उठेको भाग हुनेछ।

यसको अर्थ आइफोन १५ प्रो म्याक्समा ठूलो आकारको क्यामरा हुने अनुमान गर्न सकिन्छ। यसमा ४८ मेगापिक्सेलको मुख्य क्यामरा रहने बताइएको छ।

आइफोन १५ सिरिजको स्क्रिनको आकार आइफोन १४ सिरिजमा जत्रै हुने बताइएको छ। तर डिस्प्लेको भेजलको आकार घट्ने र त्यसबाट स्क्रिनको लुक्स सुन्दर देखिनुका साथै प्रयोगकर्ताले बढि स्क्रिन स्पेस प्राप्त गर्नेछन्।

आइफोन १५ सिरिजको अर्को महत्वपूर्ण परिवर्तन भनेको यसको चार्जिङ पोर्ट हो। एप्पलले आफ्नो स्वामित्वको लाइटनिंग पोर्टलाई अन्त्य गरी टाइप सी पोर्ट राख्नेछ। अर्थात् आइफोन १५ सिरिज नै टाइप सी पोर्ट भएको पहिलो आइफोन बन्नेछ। एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै ३ बजे शपथ

नयाँ संसद: पहिलो पटक सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित

आइतबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङ पर्ने सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group