ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तल्लो अरुण र फुकोट कर्णाली विद्युत् उत्पादन भारतीय कम्पनीले गर्ने सम्झौतामा हस्ताक्षर


ABC NEWS

काठमाडौं १८ जेठ । नेपालले तल्लो अरुण जलविद्युत आयोजना र फुकोट कर्णाली जलविद्युत् आयोजना पनि भारतलाई दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा तल्लो अरुण जलविद्युत आयोजना र फुकोट कर्णाली जलविद्युत् आयोजना दुई परियोजना भारतीय कम्पनीले निर्माण गर्ने सम्झौता भएको हो।

दिल्लीस्थित हैदरावाद हाउसमा प्रचण्ड र मोदीको उपस्थितिमा ४८० मेगावाटको फुकोट कर्णाली र ६७९ मेगावाटको तल्लो अरुण परियोजना निर्माणको जिम्मा भारतलाई दिइएको हो।

४८० मेगावाटको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना हो। ६७९ मेगावाटको तल्लो अरुण परियोजना पनि अब भारतले बनाउने पक्का भएको हो। अरुण तेस्रो पनि अहिले भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको छ।

लगानी बोर्डले यी दुई परियोजना विकास गर्ने निर्णय सहित लगानी स्वीकृत समेत गरेको थियो। चैत १३ गते लगानी बोर्डको बैठकले अर्धजलाशययुक्त फुकोट कर्णाली आयोजनामा ५१ प्रतिशत भारतीय कम्पनी एनएचपीसीले लगानी गर्ने निर्णय गरेको थियो। त्यसमा नेपालको विद्युत उत्पादन कम्पनी लिमिटेडको ४९ प्रतिशत लगानी रहने छ।

यो आयोजना निर्माणको लागि ९३ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यसको क्षमता ४ सय ८० मेगावाट छ। उत्पादित बिजुली भारत निर्यात हुने छ।

लगानी बोर्डको सम्झौता अनुसार यो आयोजनाबाट नेपालले २१ दशमलव ९ प्रतिशत विद्युत निशुल्क पाउने गरी भारतीय कम्पनीसँग सम्झौता गरिएको हो।

त्यस्तै, बोर्डले तल्लो अरुण आयोजनाका लागि ९२ अर्ब ६८ करोड रुपैयाँको लगानी स्वीकृत गरेको थियो। गत चैतमा नै लगानी स्वीकृत गरेको थियो।

६ सय ७९ मेगावाटको यस परियोजना यसअघि नै डीपीआर तयार गर्ने समझदारी भएको थियो। बिहीबार दिल्लीमा निर्माण सम्झौता नै भएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com