काठमाडौँ, १० जेठ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक बदली रहेको छ।
आज दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू्–भागहरूमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।आज राति भने मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।








प्रतिक्रिया दिनुहोस्