ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इटालीद्वारा अस्ट्रिया–हंगेरीविरुद्ध युद्ध घोषणा


एबीसी न्यूज
जेष्ठ ९, २०८० मंगलबार  ९ : ५९ बजे

काठमाडौँ जेष्ठ ९,एजेन्सी
— सन् १९१५ मा आजकै दिन ९मे २३० मा इटालीले अस्ट्रिया–हंगेरीविरुद्ध युद्धको घोषणा गरेको थियो । घोषणासँगै इटाली प्रथम विश्वयुद्धमा संलग्न भएको हो ।

जर्मनी र अस्ट्रिया–हंगेरीको त्रिपक्षीय गठबन्धनबाट अलग भएको केही दिनपछि इटालीले युद्धको घोषणा गरेको थियो ।

१९१४ को जुलाई २८ मा अस्ट्रिया–हंगेरीले सर्बियामाथि आक्रमण सुरु गर्दै प्रथम विश्वयुद्ध सुरु गरेका हुन् । युद्धको मुख्य कारण भने १९१४ को जुन २८ मा भएको घटना मानिन्छ । अस्ट्रियाको सिंहासनका उत्तराधिकारी आर्चड्युक फर्डिनेन्ड र उनकी पत्नीको सेराजेवोमा हत्या भएपछि त्यसको केही साताभित्र अस्ट्रियाले सर्बियाविरुद्ध युद्ध सुरु गरेका गरेको थियो ।

तर पछि इटालीको निर्णयका कारण भने युद्धमा नयाँ मोर्चाबन्दीको अवस्था उत्पन्न भएको थियो । १९१७ सम्म इटाली र अस्ट्रियाले कम्तीमा ११ स्थानमा युद्ध लडेका थिए । युद्धमा सुरुमा इटालीका तीन लाखभन्दा कम सेना सहभागी भएका थिए । तर १९१८ को नोभेम्बरमा युद्ध अन्त्य हुँदासम्म सेनाको संख्या ५० लाख पुर्‍याइएको थियो ।

युद्ध र त्यसपछिको असरका कारण इटालीका कम्तीमा ६ लाख १५ हजार जनाले ज्यान गुमाएका थिए । १९१४ देखि १९१८ सम्म चलेको युद्धका कारण करिब ९७ लाख सैनिक मारिएका थिए । त्यस्तै करिब एक करोड गैरसैनिकले ज्यान गुमाएका थिए । युद्धका क्रममा जर्मनी, अस्ट्रिया र रुसले सबैभन्दा बढी क्षति व्यहोरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैका लागि त्यो टहरो अस्थायी होला, तर त्यहाँ बस्नेहरूका लागि त्यो नै संसार हो

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

सम्बन्धित

बुद्ध पूर्णिमाको अवसरमा म्यानमारमा १५ सयभन्दा बढी कैदीलाई आममाफी

हाम्रो आधुनिक समस्याको ९०० वर्ष पुरानो समाधान

ट्रम्पको नाकाबन्दी संकेतपछि २४ घण्टामै तेल मूल्य १३% भन्दा बढी वृद्धि

राजा चार्ल्सको ठट्टा र शिष्टताभित्र ट्रम्पलाई केही सुक्ष्म जवाफहरू : न्यूयोर्कटाइम्स

पनामामाथि चिनियाँ दबाबको विरुद्ध अमेरिका र पाँच ल्याटिन अमेरिकी राष्ट्रहरूको साझा मोर्चा

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com