ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 नेपाली युवकले यूएईमा  १० लाख दिरामको चिठ्ठा जिते


एबीसी न्यूज

 

काठमाडौं ९ जेठ,।

अबुधाबीको निजी कम्पनीमा मेसिन अपरेटरको रुपमा कार्यरत सूर्य नामका नेपाली युवकले   १० लाख दिरामको चिठ्ठा जितेका छन्।

उनको सामान्य तलब २ हजारदेखि ४ हजार दिराम बीचमा भए पनि उनले महजुज ड्रमार्फत् १० लाख दिरामको चिठ्ठा जितेको यूएईको द नेशनल न्युज डटकमले जनाएको छ । लक्की ड्र विजेता भनेर सूर्यको फोटोसहित समाचार प्रकाशित गरेको अनलाइनमा उनको पूरा नाम र नेपालको ठेगाना भने उल्लेख छैन ।

अविश्वसनीय रुपमा भाग्यशाली चिठ्ठा जितेपछि उनले भविष्यको योजना बनाइरहेको समाचारमा उल्लेख छ । उक्त अनलाइनसँगको कुराकानीमा सूर्यले चिठ्ठा रकम परिवारको जीवन सुधार्न खर्च गर्ने बताएका छन् ।

‘म सधैं मेरो परिवारको भविष्यप्रति चिन्तित हुन्छु,’ उनले भनेका छन्, ‘मेरो जीवन नै परिवर्तन गराइदिने यो जितप्रति महजुजप्रति आभारी छु ।’ नेपालमा रहेकी आफ्नी आमाको लागि घर किन्ने र छोराको शिक्षामा खर्च गर्ने उनको योजना छ ।

शनिबारको लक्की ड्र घोषणा हुने बेला उनी आफ्नो नियमित काममा थिए । आफू विजेता बनेको जानकारी उनले सोमबारमात्र पाएका थिए ।

महजुजको लक्की ड्र हरेक शनिबार हुन्छ । सहभागीहरुले महजुजको ३५ दिराम पर्ने पानीको बोतल किनेर चिठ्ठामा सहभागी हुन पाउँछन् । यसबाट हरेक हप्ता १० लाख (१ मिलियन० दिराम बराबरको चिठ्ठा घोषणा हुन्छ । यो चिठ्ठाको उच्चतम राशी भने २० लाख दिरामको छ ।

महजुजले आफ्नो वेबसाइट र फेसबुक पेजमा १० लाख दिरामको विजेता भनेर सूर्यको फोटो पोष्ट गरेको छ । तर, उनको बारेमा विष्तृत विवरण भने उल्लेख छैन ।[द नेशनल न्युज डटकम बाट]

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com