ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खर्च गर्ने क्षमता बढाउनुस् मन्त्री शर्मा


एबीसी न्यूज

काठमाडौं, ८ जेठ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुँजीगत खर्च गर्ने क्षमता बढाउन मातहत कार्यालयका प्रमुखलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित तेस्रो त्रैमासिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले निर्धारित लक्ष्य पूरा गर्नेगरी काम गर्न निर्देशन दिनुभयो ।
“तोकिएका ‘माइलस्टोन’ पूरा गरौँ, जे लक्ष्य निर्धारण गरेका छौँ, त्यो पूरा गर्ने दिशामा अगाडि बढौँ”, उहाँले भन्नुभयो, “पुँजीगत खर्च नहुनुका कारण र समस्या छन्, तिनका बारेमा गम्भीर समीक्षा गरौँ ।” मन्त्रालयले लिएको लक्ष्य पूरा गर्न सबै निकायले मेहनत गरिरहेको भए पनि लक्ष्य प्राप्त हुन नसकेकामा सबैले गम्भीर भएर सोच्नुपर्ने उहाँले बताउनभुयो ।
मन्त्री शर्माले भन्नुभयो, “सबैले मेहनत गरेका छौँ, तर लक्ष्यमा पुग्न सकेका छैनौँ, पुँजीगत खर्चको लक्ष्य भेट्याउन स्पष्ट योजना ल्याउनुपर्छ ।” अन्तरनिकाय समन्वय काय  नहुँदा मातहतका निकायका काम अगाडि बढाउन समस्या भइरहेको उहाँको भनाइ थियो ।
अघिल्लो त्रैमासिक समीक्षाका क्रममा व्यक्त भएका प्रतिबद्धता अझै पूरा नभएकामा असन्तुष्टि व्यक्त गर्दै उहाँले वार्षिक समीक्षाका क्रममा मन्त्रालयले लिएका लक्ष्य पूरा भएको अवस्थामा पु¥याउन निर्देशन दिनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउतले पुँजीगत खर्च गर्ने क्षमता अभिवृद्धि गरिनुपर्ने बताउनभुयो । “एकतातिर बजेट पुगेन भन्छौँ, तर खर्च गर्न सक्दैनौँ, यसमा विविध कारण छन्”, उहाँले भन्नुभयो, “समन्वय र सहकार्यको संस्कृति बढाउनुपर्छ ।” अन्तरमन्त्रालय समन्वय सहजीकरण भए निर्धारित लक्ष्य तोकिएको समयमै भेट्न सकिने उहाँको भनाइ छ ।
मन्त्रालयका सचिव कृष्णबहादुर राउतले बेरुजु फछ्र्योटमा तदारुकता देखाउन प्रमुखहरुलाई निर्देशन दिनुभयो । उहाँले पुँजीगत खर्च वृद्धि, राजस्व सङ्कलन वृद्धि तथा वक्यौता उठाउने विषयमा ध्यान दिन निर्देशित गर्नुभयो । डिजिटल नेपाल फ्रेमवर्कले लिएका लक्ष्य र उद्देश्य हासिल गर्न योजना आयोग र प्रधानमन्त्री कार्यालयले सहजीकरण गर्नुपर्ने उहाँको भनाइ छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रमिला आचार्यले प्रधानमन्त्री कार्यालयले दिएको कतिपय ‘माइलस्टोन’ कार्यान्वयन नै नभएको पाइएकाले आफूले सञ्चालन गर्न सक्ने योजना मात्रै समावेश गर्न आग्रह गर्नुभयो । उहाँले अन्तरनिकाय समन्वयका लागि आर्थिक तथा पूर्वाधार हेर्ने सचिवको नेतृत्वमा रहेको निकायमार्फत समन्वय गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा विभिन्न कार्यालयका प्रमुखले प्राप्त उपलब्धि, समस्या र समाधानका लागि गरिदिनुपर्ने पहलका लागि आग्रह गर्नुभएको थियो । त्यसअघि बैठकमा मन्त्रालय मातहतका कार्यालयले पछिल्लो त्रैमासिकमा सम्पादन गरेका कामकारबाही, प्राप्त उपलब्धिका बारेमा सङ्क्षिप्त प्रस्तुति गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com