काठमाडौँ ७ जेठ । कान्तिपुर दैनिकको प्रधान सम्पादकमा उमेश चौहान नियुक्त भएका छन् । प्रधान सम्पादक सुधीर शर्माले राजीनामा दिएपछि चौहानलाई नयाँ प्रधान सम्पादकमा नियुक्त गरिएको कान्तिपुरले जनाएको छ । यस अघि चौहान दुई वर्षदेखि कान्तिपुरको सम्पादकको रुपमा कार्यरत थिए ।
कान्तिपुर मिडिया ग्रुप का अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले प्रधान सम्पादक शर्माले कान्तिपुरलाई व्यावसायिक पत्रकारिताको उचाईमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै व्यावसायिक सफलताको थप उचाईमा कान्तिपुरलाई पुर्याउन नयाँ प्रधान सम्पादक चौहानबाट आशा लिएको बताए ।
नवनियुक्त प्रधान सम्पादक चौहानले शर्माले अझै पनि छापा पत्रकारिता उत्तिकै शक्तिशाली रहेको बताउंदै यसलाई नयाँ प्रविधिसँग जोडेर लैजान आफूले काम गर्ने बताए ।
अर्घाखाँचीका प्रधान सम्पादक चौहानले पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् । चौहानसँग यस अघि सगरमाथा र एबीसी टेलिभिजन र नयाँ पत्रिका दैनिकमा काम गरेको अनुभम छ ।








प्रतिक्रिया दिनुहोस्